काठमाडौंको फोहोरलाई पछ्याउँदै सिसडोल र बञ्चरेडाँडा पुग्दा… (फोटो फिचर)
काठमाडौं : फोहोर फालेर सफा हुने रहर बोकेको काठमाडौं उपत्यकाबाट दैनिक हजारौं टन फोहोर उत्पादन हुन्छ। त्यही फोहोरलाई विसर्जन गर्दै आएको स्थान हो, नुवाकोटको सिसडोल र बञ्चरेडाँडा।
फोहोर फाल्ने सहर र फालिएका स्थानका नागरिकबीच एकखालको द्वन्द्व नै छ। माग राख्ने र पूरा नहुने समस्याकै कारण काठमाडौं उपत्यकाको फोहोर कहिल्यै उठ्दैन। कहिले बाटो छेकिन्छ त कहिले टिपर चालक नै फोहोर लैजान मान्दैनन्।
फोहोर फालिने स्थानका नागरिकको समस्या बोकेर आउने प्रतिनिधिले कति समाधान गरे वा खोजे स्थानीय अनविज्ञ नै छन्। तर, फोहोर फाल्ने क्रम निरन्तर छ। फोहोरको गन्धले गाउँ नै दुर्गन्धित छ। पशुचौपाया र मानिसमा रोगको संक्रमण बढ्दो छ। यसकै कारण मृत्युको मुखमा पुग्ने पनि धेरै छन्। त्यही पीडा भोगिरहेको सिसडोल र बञ्चरे क्षेत्रको ड्रोन र क्यामराबाट लिइएको तस्बिरहरू।
तस्बिरहरु : रविन भट्टराई