चितवनको समन्वय समिति अध्यक्षमा एमालेका अधिकारी
चितवन : जिल्ला समन्वय समिति चितवनको अध्यक्ष पदमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको समान मतगणना भएपछि गोलाप्रथा गरिँदा अधिकारी विजयी भएका हुन्।
दुवै उम्मेद्वारले ७-७ मत ल्याएका थिए। एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो। तर गठबन्धनको सबै ७ मत नेपाली कांग्रेसका रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो।