विपद ब्यवस्थापन सम्बन्धी पूर्व तयारी डेमो प्रस्तुत

विपद ब्यवस्थापन सम्बन्धी पूर्व तयारी डेमो प्रस्तुत

रामेछाप : जिल्लामा वर्षाको समयमा विभिन्न प्रकारको बिपदहरू आउन सक्ने भएकाले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले रामेछाप जिल्लामा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको छ।

वर्षाको समयमा बढी पहिरोलगायत अन्य प्रकारका विपद आइहालेमा के गर्ने भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले जिल्ला दैविक प्रकोप उद्धार समिति, जिल्ला रेडक्रस सोसाइटी र मन्थली अस्पतालको आयोजनामा भएको डेमो प्रदर्शनमा विपदमा हुन सक्ने सम्भावित घटनाको बरेमा प्रस्तुत गरिएको थियो।

आम नगरिकहरूले विपदको समयमा के गर्ने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिवकुमार कार्कीले जानकारी दिए। विपद जस्तोसुकै बेला पनि पर्न सक्ने र कसरी सावधानी अपनाउने भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि कार्कीले बताए।

विपद ब्यवस्थापन र उद्धार गर्न प्रहरी टोलीलाई विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्लाको लिखु तामाकोसी, मन्थली र खाँडादेवी गाउँपालिकामा प्रहरी निरीक्षकको कमान्डमा उद्धार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपदलाई कसरी न्यूनीकरण गर्ने भन्ने उद्देश्यले कार्यक्रम गरिएको जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.