पाठ्यपुस्तक अभावले पठनपाठन अन्योल

पाठ्यपुस्तक अभावले पठनपाठन अन्योल

भोजपुर : नयाँ शैक्षिक सत्र सुरु भए पनि सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको छ। वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको झण्डै दुई महिना बितिसक्दा पनि भोजपुरका सबै सामुदायिक विद्यालयमा पर्याप्त पाठ्यपुस्तक नहुँदा सिकाइ सहजीकरणमा समस्या आएको हो। 

विद्यालयको नियमित पठनपाठन कार्यलाई निरन्तरता दिन नसक्दा शिक्षक विद्यार्थी दुवै अन्योलमा परेका छन्। असार सुरु भइसक्दा पनि धेरैजसो विद्यालयमा पाठ्यपुस्तकहरू पुग्न नसकेको शिक्षा विकास तथा समन्वय इकाइ भोजपुर प्रमुख रुद्र राईले बताए। पाठ्यपुस्तक छपाइको गर्ने जनक शिक्षा सामाग्री केन्द्रले स्थानीय तहको चुनावको मतपत्र छाप्ने कामले कागज अभाव भएपछि पाठ्यपुस्तक छाप्न ढिलाइ भएको बताएको उनले जानकारी दिए।

सरकार निर्वाचनकेन्द्रित बन्नाले पनि विद्यालयको पठनपाठनमा अड्चन थपिएको हो। पुस्तक बिक्रेताहरूले पनि यो वर्ष चुनावका कारण केन्द्रले छपाइमा ढिलाइ गरेपछि समयमा विद्यालयहरूलाई पाठ्यपुस्तक दिन नसकेको बताएका छन्। यशोधरा माध्यमिक विद्यालय टक्सारका शिक्षक बिष्णुकुमार राईले भने, ‘कक्षा ४, ७ र ९ को यो वर्ष लागू हुने नयाँ परिमार्जित पाठ्यक्रम हो। तर, बाँकी कक्षा १ देखि १० को पाठ्यपुस्तक पुरानै पाठ्यक्रमको भएपनि आएको छैन।’ उनले पाठ्यक्रमविना विद्यार्थीको पाठ्यपुस्तक पढ्ने मनोविज्ञान समेत प्रभावित बन्न पुगेको बताए। यसका बारेमा जिम्मेवार निकायले नै चासो नदेखाएको उनको गुनासो छ। 

पुस्तक नहुदाँको समस्या सुनाउँदै जाल्पा माध्यामिक विद्यालय भैसीपंखाका शिक्षक बमबहादुर कार्की भन्छन्, ‘पुस्तक छाप्ने बेलामा मतपत्र छापियो रे, निर्देशन जेठ पहिलो हप्ताबाट पठनपाठन सुरु गर्नु भन्ने थियो, पुस्तकको अत्तोपत्तो छैन। सुगम तथा इन्टरनेटको पहुँच पुगेका ठाउँमा पाठ्यक्रम डाउनलोड गरेर दुःखसुख कक्षा चलाउन सकिएला तर दुर्गम जिल्लाहरूमा यो सम्भव छैन।’ 

कोरोनाका कारण प्रभावित शैक्षिक संस्थाहरूमा यस वर्ष पनि पुस्तकका कारण समयमा पठनपाठन समयमै हुन नसकेको उनले बताए। केही विद्यालयहरूले भने पुरानो पाठ्यक्रमबाट पठनपाठन गर्न थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.