सुर्खेतमा काँक्रेविहार म्याराथन प्रतियोगिता

सुर्खेतमा काँक्रेविहार म्याराथन प्रतियोगिता

सुर्खेत : सुर्खेतमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ। ऐतिहासिक तथा धार्मिक महत्वको पर्यटकीयस्थल काँक्रेविहारको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर असार ७ गते प्रतियोगिता सञ्चालन हुनेछ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजक संस्थाका अनुसार प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ। वीरेन्द्रनगरमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला पुरुषतर्फको हाफ म्याराथनमा २१ किलोमिटर दौड हुनेछ। यस्तै विद्यालय स्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने पाँच किलोमिटर दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन्।

स्थानीय वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए। उनकाअनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने,‘हामी कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा छौं, यसैका लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरु गर्न लागेका हौं। भौतिक पूर्वाधारको तयारीमा पनि जुटेका छौं, यो म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुदको विकासमा दौडिरहेको सन्देश दिनेछ।’ उनले काँक्रेविहार म्याराथन प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने र यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाइने बताए। कर्णालीमा खेलकुदको धेरै सम्भावना रहेको र यहाँको प्रतिभालाई प्रतिस्पर्धामा उतारेर कर्णालीलाई म्याराथनबाटै विश्वभर चिनाइने उनको दाबी छ।

यो प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने आयोजकको भनाइ छ। प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन्। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ।

यो रकम प्रतियोगिताका लागि पर्याप्त नभएकाले दाताहरुको खोजी भइरहेको आयोजकको भनाइ छ। यद्यपि आगामी बर्षबाट प्रतियोगिताको पुरस्कारको राशी बृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई पनि सहभागि गराउने योजना रहेको प्रतियोगिताको आयोजक संस्था मिड वेस्टर्न फिटनेस सेन्टरले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.