एसपीपी केपी ओलीले छिराएका हुन् : प्रचण्ड

एसपीपी केपी ओलीले छिराएका हुन् : प्रचण्ड

चितवन : अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको सहभागिताको विषयमा राजनीतिक दलका नेताहरुबीच आरोप प्रत्यारोप चलिरहँदा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छिराएको आरोप लगाउँदै ओलीको नक्कली राष्ट्रवादको पर्दाफास गरेको बताए।

उनले सक्कली राष्ट्रवाद हुन ओलीलाई सुझाव दिए। भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयको अन्तर्क्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०१९ मा ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ (आइपीएस) पनि केपी ओलीकै पालामा भएको भन्दै नक्कली राष्ट्रवादको पछि नलाग्न आग्रह गरे। ‘२०१९ मा ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ (आइपीएस) केपी ओलीजीकै पालामा भएको हो। यो एसपीपी भन्नेलाई पनि छिराएको केपी ले नै हो,’ उनले भने, ‘नक्कली राष्ट्रवादको ढोङको पछि लाग्न भएन।’

प्रचण्डले मुलुकमा एकताको पक्ष र एकताविरोधी लडाइँ चलिरहेको बताए। नेकपा एमालेतर्फ लक्षित गर्दै प्रचण्डले एक्लै हिँड्ने प्रवृति र सामूहिक एकतामा हिँड्ने प्रवृत्तिको बीच लडाईँ चलेको बताए। ‘देशको राजनीतिमा एउटा प्रतिगमनतर्फ हिँड्ने संविधान मिच्न खोज्ने लोकतन्त्र मास्न खोज्ने प्रवृति एक्लै हिँड्ने छन्, अर्को एकताको पक्षमा हिँड्ने छन्,’ उनले भने।

निर्वाचनले प्रतिगमनको खतरा टरेको पनि बताए। त्यसलाई सच्चाएर चुनाव सफलतापूवर्क सम्पन्न भएपछि कांग्रेसले जितेपनि आफैँले जितेजस्तो लागेको बताए। ‘समाजवादीले जित्दा पनि मैले जितेजस्तो लाग्छ। एमालेले जित्दा पनि मैले जितेजस्तो लाग्छ। मेरो मति बुद्धि होकि साँच्चै हो, तपाईँहरु विचार गर्नुस्,’ उनले ब्यङ्ग्य गर्दै भने, ‘निर्वाचनले संविधान संस्थागत हुने प्रक्रियामा दरोसँग बाँध बस्दै स्थानीय तह बनेको छ। अब कसैले भत्काउन सक्दैन। कसैले प्रतिगमनमा लान सक्दैन।’

समस्या र चुनौती भए पनि गठबनधनको सरकार त्यसमा अघि बढेको उनले बताए। प्रदेश र संघको निर्वाचन पछि पनि गठबन्धन रहने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.