खाँडादेवीमा पशु शिविर
रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिकामा १ दिने पशु स्वास्थ्य शिविर संचालन गरिएको छ। पशु पालक कृषक र युवा उद्यमीलाई हौसला र प्रोत्साहन गर्ने उद्देश्यले उक्त शिविर संचालन गरिएको आयोजकले जनाएको छ।
खाँडादेवी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा श्रीजनशिल युवा समाजको सहजीकरणमा संचालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गत खाँडादेवी गाउँपालिका-३ लाप्कामा उक्त पशु स्वास्थ्य शिविर गरिएको हेफर प्रोजेक्ट नेपाल परियोजना संयोजक सुकराम घिसिङले जानकारी दिए।
खाडादेवी कृषि तथा पशुपंक्षी विकास शाखा एवं श्रीजनशील युवा समाज चिसापानीको आयोजनामा १ दिने पहिलो पशु स्वास्थ शिविर खाडादेवी गाउँपालिका-३ लाक्पा भिरपानीमा गाई भैंसीको प्रवर्द्धन गरी दुध उत्पादनमा प्रोत्साहनमा किसानलाई व्यवसायिक बनाउने उद्बेश्यले कार्यक्रम सन्चालन गरिएको परियोजना संयोजक घिसिङले बताए।