रामेछाप नगरपालिकाले जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने

रामेछाप नगरपालिकाले जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने

रामेछाप : रामेछाप नगरपालिकाले आफ्नो ११औँ नगरसभाद्वारा ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई घरघरमै आवश्यक स्वास्थ्य परीक्षण गर्ने र परामर्श गर्ने नीति बनाएको छ। जेष्ठ नागरिक समाजको आधार घरघरमै स्वास्थ्य परीक्षण र उपचार भन्ने नाराका साथ जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

११औं नगरसभामा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बालाकुमारी कार्कीले पालिकाको २६ बुँदे नीति प्रस्तुत गरेकी हुन्। कार्कीद्वारा प्रस्तुत गरिएको नीतिहरूमा महिला उद्धमशीलता, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

रामेछाप नगरलाई पर्यटन प्रवर्द्धन गर्न पर्यटकहरूको रहर फूलैफूलको सहर निर्माण गदै रामेछाप नगरपालिकालाई ऐतिहासिक सहर बनाउने उल्लेख छ। एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने, सिँचाइका लागि सिँचाइ सुविधा पुर्‍याउने र जमिन बाँझो रहने अवस्थाको अन्त्य गर्ने नीति प्रस्तुत गरेको छ।

जातीय पहिचान र संरक्षण गर्दै लोपोन्मुख जातीको रुपमा रहेको हायु जातिको संस्कृति र परम्पराको संरक्षण गर्ने भएको छ। गुणस्तरीय र निशुल्क शिक्षालाई प्राथमिकतामा राख्दै आधुनिक र ब्यावसायिक शिक्षाको प्रारम्भ गर्ने उप-प्रमुख कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रमलाई प्रोत्साहन गर्ने उद्देश्यले महँगो शुल्क तिर्ने क्षमता छैन हाम्रो, निजीभन्दा सामुदायिक विद्यालय राम्रो भन्ने कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका युवालाई नगरमै बसेर व्यवसाय गर्न चाहे प्रोत्साहन स्वरुप अनुदान दिने र कृष्णमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने कार्यक्रम ल्याएको छ। भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिँदै नगर गौरवका आयोजनालाई निरन्तरता दिने उल्लेख छ।

नगरपालिका भित्र निर्माण हुने भौतिक संरचना अपाङ्ग र बालमैत्री बनाउने र बालमैत्री स्थानीय शासनको अवलम्बन गरी बालबालिकाको सर्वपक्षीय विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.