कालगतिले मर्‍यो ‘काजलकली’हात्ती

कालगतिले मर्‍यो ‘काजलकली’हात्ती

चितवन : बिरामी भएको ‘काजलकली’ हात्तीको मृत्यु भएको छ । बिरामी भएर ढलेको १० दिनपछि हात्ती मरेको हो । पोस्टमार्टम गरेपछि हात्तीको नेपाली संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । सौराहामै खाडल खनेर हात्तीलाई गाडिएको छ।

हात्तीको सामान्यतया आयु ७० देखि ८० वर्षको हुन्छ ।  काजलकली ७० वर्षको थियो । सुरुवातमा विस्तारै शरिर सुक्दै गएको थियो । यसअघि काजलकली दुईपटकसम्म ढलेको थियो । औषधि उपचार गरेर काजलकलीलाई उठाइएको थियो । बिरामी भएर हात्ती ढल्यो भने उठ्ने सम्भावना कम हुन्छ । तेस्रो पटक असार २ गते ढलेको काजलकली त्यसपछि उठ्न सकेको थिएन । 

काजलकलीमा कुनै पनि रोग नदेखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाले बताए । उनका अनुसार  हात्तीले आफ्नो उमेरमा चार पटकसम्म दाँत फेर्छ । तर काजलकलीको पछिल्लो पटक दाँत फेरिएन । दाँत नभएको कारण पछिल्लो आठ महिना यता खानेकुरा चपाउन सकेको थिएन । पकाएको खाना र फलफूल सुसारेले खुवाउँदै आएका थिए । हात्तीको पाचन प्रणाली ठिक नभएपछि कमजोर हुँदै गएको थियो । 

सरकारले हात्ती आयात–निर्यातमा रोक लगाएपछि भारत सिमा नाकाबाट दुई पटक फर्काइएको थियो । तीन वर्ष अघि सौराहाका पर्यटन व्यवसायीले भारतबाट हात्ती किनेर ल्याएका थिए । त्यसबेलादेखि नै हात्ती कमजोर भएपछि डेढ वर्षअघि हात्ती भारतकै नागरिकलाई बेचेका थिए । भारत लान खोजिएको काजलकली पटक पटक रोकियो । हात्तीलाई सिमापारी लान नमिलेपछि भारतका व्यवसायले नै मान्छे खटाएर हात्तीको स्याहार गर्दै आएका थिए । 

विगत ११ महिनादेखि काजलकलीलाई सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारको हात्तीसारमा राखेर स्याहारसुसार गर्दै आइएको थियो । भारतका व्यवसायीले हात्ती लान नपाएपछि स्याहार गर्ने मान्छे राखेका थिएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.