उदयपुरको सदरमुकाम बाढीको उच्च जोखिममा

उदयपुरको सदरमुकाम बाढीको उच्च जोखिममा

उदयपुर : उदयपुरको सदरमुकामलगायतका क्षेत्रहरु बाढीको उच्च जोखिममा रहेका छन् । एक सातादेखि परेको पानी नरोकिएपछि सदरमुकाम छोएर बग्ने वरुवा र त्रियुगा नदीले तटबाँध भत्काउन थालेको छ ।

वरुवा खोलाले पुर्वपश्चिम बसपार्क छेउ र पिकनिक स्पोर्ट नजिकका बाँध कटान गर्न सुरु गरेको स्थलगत निरीक्षण गर्न पुगेका त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले बताए । उनले भने, ‘वरुवाले बजार क्षेत्रको भाग कटान गर्न सुरु गरेकाले नियन्त्रणका लागि प्राविधिकसहितको जनशक्ति परिचालन गरेका छौं ।'

प्राविधिक टोली लिएर कटान क्षेत्रको अनुगमन गर्न पुगेका मेयर बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख टोलीले नियन्त्रणका लागि विपद्मा खटिने सुरक्षासहितको टोली परिचालन गरिएको जनाएका छन् । प्रजिअ वीरेन्द्रकुमार यादवले बर्षा तत्काल नरोकिने देखिएकाले नदी आसपासका क्षेत्रमा उच्चसतर्कता अपनाई सुरक्षित स्थानको खोजी भइरहेको बताए । 

उनले बस्ती सुरक्षित गर्न स्थानीय तहसँग समन्वय गरी सुरक्षाकर्मीको टोली परिचालन गरिएको बताए । अवस्था हेरी डुवान र कटान नियन्त्रणका लागि सबै उपायहरु अवलम्बन गरिएको प्रजिअ यादवले बताए । भारी बर्षाका कारण बेलका नगरपालिकाको  वडानं १,२,३ का सप्तकोषी आसपासका क्षेत्र, चौदण्डिगढी नगरपालिकाको वडा नं. ५,८,९, त्रियुगा नपाको १,२,३,६,११,१२ कटारी नपाका ३,५ वडाहरु बाढीको उच्चजोखिममा रहेका छन् । 

खोला जुनसुकै बेला पनि समुदायमा पस्न सक्ने खतरा बढेकाले उच्च सतर्कता अपनाइको स्थानीय प्रशासनले जनाएको छ । बर्षाले जनजीवनसमेत प्रभावित बनाएको छ । सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन् भने नदी आसपासका स्थानीय आतंकित बनेका छन् । 

बेलकाको वडा नं. १ र २ को तपेश्वरी बस्ती पुरै डुवानमा परेको छ भने पूर्वी खण्डमा सप्तकोसी नदीले कटान गर्न सुरु गरेको उपमेयर जिरा राईले बताइन् । जिल्लाका सप्तकोसी नदी, त्रियुगा, बरुवा, ककरु, तावा, मरुवा, लुहाले, बैद्यनाथ, यारी, लामा, वविया लगायत दर्जनौँ खोलामा पानीको बहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।

जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्षसमेत रहेका प्रजिअ यादवले कुनैपनि बेला हुनसक्ने विपत्तिबाट सर्वसाधारणलाई तत्काल राहत र उद्धारका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको बताए । उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली उच्च सतर्कतासाथ तयारी अवस्थामा रहेको र हालसम्म गाईघाट आसपासका केही स्थानमा पानीको डुबान सुरु भएको, सप्तकोसीको बाढीले बेलका नगरपालिकाको विभिन्न स्थानमा कटान गर्न थालेको जानकारी प्राप्त भएको बताए । 

मुसलधारे पानी परिरहेकोले बाढी र पहिरोको जोखिम बढ्नसक्ने भएकोले सबै स्थानीय तहसँगको सूचना स्रोत बलियो बनाइएको, पीडितहरूको तत्काल उद्धार राहतका लागि पूर्णरुपमा आफूहरू तयारी अवस्थामा रहेको र उच्च जोखिम भनिएका क्षेत्रहरूमा सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिसकिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.