रिव्दीकोटका युवाहरुको नमुना गाउँसभा

रिव्दीकोटका युवाहरुको नमुना गाउँसभा

तानसेन : जिल्ला युवा समिति पाल्पाको सहयोग र रिव्दीकोट गाउँपालिकाको समन्वयमा गाउँपालिकाका युवाहरुलाई नमुना युवा गाउँ सभा अभ्यास गराइएको छ।

गाउँपालिकाका प्रत्येक वडाबाट ३ जनाको दरले ८ वडाबाट २४ जना र पालिकाबाट ५ जना गरी २९ जना युवाहरुको सहभागितामा नमुना गाउँसभा अभ्यास गरिएको हो। कार्यक्रममा प्रत्येक वडाको युवा क्लबबाट १ महिना अनिवार्य हुनेगरी ३ जनाको दरले सहभागी १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरु सहभागी गराईएको छ। नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरुको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरु संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरुबीच छलफल, बजेट पारितलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराएको प्रमुख प्रशिक्षक लिल बहादुर विकले बताए।

युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरुमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैलि, नीति निर्माण तथा कानुनहरुको जानकारी गराउने उद्देश्यले एक जिल्ला एक पालिका गरी ७७ वटै जिल्लामा यो अभियान संचालन भएको युवा समिति पाल्पाका अध्यक्ष तुल बहादुर अधिकारीले बताए।

नमुना अभ्यासमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतहरुले गर्ने काम कर्तव्य, जिम्मेवारी तथा अधिकार, बजेट बाडफाँड तथा योजना छनौट, सभा संचालन, सभा समापनलगायतका विषयमा जानकारी पाएको तालिममा सहभागी रिव्दीकोट-२ की विष्णुकला अधिकारीले बताईन।

पाल्पाको १० पालिकामध्ये रिव्दीकोट गाउँपालिकामा मात्र यो नमुना गाउँसभा अभ्यास गरिएको हो। नमुना गाउँसभामा सहभागी उत्कृष्ट एक जना महिला पुरुष नमुना प्रदेश सभामा पठाउने, प्रदेश सभाबाट १२ वटै जिल्लाका प्रतिनिधीहरु नमुना संघिय संसदको लागि काठमाडौं पठाउने गरी कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.