उमाकुण्ड र गोकुलगंगामा ईएफटी सेवा
रामेछाप : जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले आर्थिक कारोबारलाई सरल र सहज बनाउने उद्धेश्यले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (ईएफटी) सेवा संचालनमा ल्याएको छ। उपभोक्ता र आर्थिक कारोबारसँग सम्बन्धित नागरिकलाई कारोबारमा झन्झट नहोस् र सरल सेवा प्रवाह गर्ने उद्देश्यले सेवा संचालनमा ल्याएको लेखा अधिकृत राजन गुरागाईंले जानकारी दिए।
सेवा संचालनमा कतिपय उपभोक्तालाई बैंकको चेक लिन र बैंकमा लाइन बसेर साट्नु पर्ने बाध्यताको अन्त्य हुने गुरागाईंको विश्वास रहेको छ। गुरागाईं भन्छन्, ‘अब बिल बुझाएपछि पालिकामा चेक लिन जाने र आउने खर्च कम हुने र सेवाग्राहीले सहजै सेवा पाउनेछन्। ईएफटी सेवामा अतिरिक्त कुनैपनि शुल्क नलाग्ने र सिधै बैंक खातामा रकम जम्मा हुने लेखा अधिकृत गुरागाईंले बताए।’