डोटीमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

डोटीमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

डोटी : डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्कालाई मंगलबार बिहान घर नजिकै भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिहानै पिसाब फेर्न घर बाहिर निस्किने क्रममा भालुले आक्रमण गरेको परिवार स्रोतले जनाएको छ। भालुको आक्रमणबाट खड्काको टाउको, नाक, कानमा गहिरो चोट लागेको छ।

उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको भए पनि उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको छ। उक्त क्षेत्रमा भालुको त्रास बढ्दै आएको छ। यसभन्दा पहिला पनि पटक पटक स्थानीयहरुलाई भालुले आक्रमण गर्दै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.