‘स्मार्ट स्ट्रिट लाइट’ का लागि सिद्धार्थनगर र विद्युत प्राधिकरणबीच सम्झौता

‘स्मार्ट स्ट्रिट लाइट’ का लागि सिद्धार्थनगर र विद्युत प्राधिकरणबीच सम्झौता

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) लाई उज्यालो बनाउन र रात्रकालिन समयमा नगरको सौन्दर्यता बढाउनका लागि नगरमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान हुने भएको छ।

नगरको विभिन्न चोक र सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडानका लागि सोमबार सिद्धार्थनगर नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

पत्रमा सिद्धार्थनगर नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान र विद्युत प्राधिकरणको तर्फबाट उर्जा, दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोखरेलले हस्ताक्षर गरेका छन्।

अझै पनि नगरको अधिकांश सडकमा सडकबत्ति नहुदाँ नगरवासीलाई रातीको समयमा हिड्डुल गर्न समस्या छ। ‘स्मार्ट स्ट्रिट लाईट’ जडानले रातिको समयमा नागरिकहरुको सुरक्षित यात्रा र नगरको सौन्दर्यता समेत बढ्ने नगरपालिकाको विश्वास छ।

नगरको बुद्ध चोक, देवकोटा चोक, बेलहिया चोक, मिलन चोक लगायत २७ स्थानमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडान हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले बताए। उनकाअनुसार चोक चोकमा ठूल्ठूला लाइट अन्य सडकहरुमा सडक बत्ति जडान हुनेछ।

नगर क्षेत्रमा जडान हुने लाइटहरु विद्युत प्राधिकरणको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा रहने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए। उनकाअनुसार सबै लाइटहरु विद्युत प्राधिकरणले जडान गरिदिने छ। जसका लागि प्राधिकरणले ठेक्का प्रक्रिया समेत अघि बढाएकोले छिट्टै नै लाइट जडान हुनेछ।

‘जडान हुने सडक बत्ति कम विद्युत खपत हुने खालको हुनेछन्’ उनले भने, ‘हाल बजार क्षेत्रको सडकमा लगाइएका बत्तिहरु विद्युतले ‘रिपलेस’ गरेर आर्कषक बत्ति लगाउने छ।

‘स्मार्ट स्ट्रिट लाइट’ जडानले नगरपालिकाको विकासमा एउटा ईट्टा थपिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताए। उनले नगरपालिकामा विभिन्न योजना समानन्तर रुपमा संचालन हुने भएकोले लाइट जडानले अन्य योजनालाई पनि टेवा पुग्ने बताए।

उनले नगरमा ‘स्मार्ट स्ट्रिट लाईट’ जडानले साँझ/रातिको समय हिड्डुल गर्न सहज हुनुका साथै नगरको सौन्दर्यकरणमा समेत टेवा पुग्ने बताए।

‘निर्वाचित भए देखि नै नगरको विकासका लागि लागिरहेको छु’ उनले भने, ‘निर्वाचन अघि नगरवासीसगँ गरेको बाचा अनुसार बिस्तारै सबै काम गर्नेछु।’

उनले नगरको विकासका लागि नगरपालिका कार्यालयले मात्रै नभई नगरवासीको पनि साथ र सहयोग आवश्यक रहेको बताए।

निर्वाचित भएको डेढ महिनामा उनले फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, वृक्षारोपण, लाइट जडान, पूर्वाधार विकासलगायतका लागि तीव्र रुपमा कार्यहरु अघि बढाएका छन्।

नेपाली कांग्रेसका सिद्धार्थनगर नगरपालिकाका सभापति कोशिस खड्काले नगर प्रमुख निर्वाचित भएदेखि नगरवासीको हितमा काम गरिरहेको र छिट्टै नै नगरपालिकाको मुहार फेरिने बताए। उनले नगरको विकासमा नगरवासीको साथ र सहयोग रहे सिद्धार्थनगर मुलुकमै नमुना नगरपालिका बन्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.