बस दुर्घटनामा मृत्यु भएका परिवारलाई सुनापती गाउँपालिकाको सहयोग

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई सुनापती गाउँपालिकाको सहयोग

रामेछाप: जिल्लाको खाँडादेवी गाउँपालिका-१, राकाथुमको बेलडाँडामा बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सुनापती गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। मृतकको काजकिरियाको लागि पालिकाले प्रतिपरिवार ३० हजारका दरले आर्थिक सहयोग गरेको हो।

दुर्घटनामा परेकाहरूको उद्धारमा सम्पूर्ण खर्च पालिकाले नै गरेको र मृतकका परिवारलाई आर्थिक सहयोगसमेत गरिएको पालिकाकी उपाध्यक्ष गीता बिष्टले जानकारी दिइन्। दुर्घटना लगत्तै पालिकाले सम्बन्धित पक्षसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने र केही संस्कारको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

सोहीअनुसार सहयोग उपलब्ध गराएको उनले जानकारी दिइन्। गत असार २१ गते ३३ जना यात्रु सवार बस दुर्घटनामा परेको थियो।  अघिल्लो दिनको यात्रामा नै ब्रेकमा समस्या भएको बस चालकले मर्मत नै नगरी भोलिपल्ट सञ्चालन गरेका थिए। कच्ची रोड र खचाखच यात्रुका कारण बस दुर्घटनामा परेको थियो। घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही भने उपचारपछि घर फर्केका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.