प्रज्ञामा पुस्तक प्रदर्शनी

प्रज्ञामा पुस्तक प्रदर्शनी

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी चलिरहेको छ। प्रतिष्ठानको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक तथा पत्रपत्रिका राखिएका छन्। छोरीका साथ प्रदर्शनीस्थल आएकी बिनु अधिकारी ढकालले समकालीन साहित्यमा आफूलाई रुचि लाग्ने भएकाले त्यस्तै पुस्तकको खोजीमा प्रदर्शनीमा आएको उनले जनाइन्। पुराना साहित्यकारले लेखेका पुस्तक र एउटा बृहत् नेपाली शब्दकोश किनिन्। आफैं पनि साहित्यमै रमाउने भएकाले प्रायः यस्ता प्रदर्शनीमा भ्याएसम्म जाने गरेको उनले बताइन्। 

पुस्तक प्रदर्शनीको शुभारम्भ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका थिए। कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञाबाट प्रकाशित सवै पुस्तक विशेष रहेका बताए। उनले प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउन प्रतिष्ठान लागिपरेको पनि प्रष्ट्याए।  

प्रतिष्ठानले २०३० सालदेखि २०७९ असारसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा दैनिक सयभन्दा बढी पाठक आउने गरेका छन्। सबैभन्दा बढी बालसाहित्यका पुस्तक बिक्री हुने गरेका छन्। धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक, नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दसौं संस्करण र सातै प्रदेशका महŒवपूर्ण विषयवस्तु समेट्ने तस्बिरमा नेपालसमेत प्रदर्शनीमा समावेश गरिएको उनले बताए।

उनका अनुसार प्रतिष्ठानले २०१५ साल यता कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कारलगायत प्रकाशन गरिसकेको छ। त्यसैगरी प्रा.जगत्प्रसाद उपाध्याय, प्रा. दिनेशराज पन्त र प्राज्ञ. विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग १ देखि भाग ८, काव्य विमर्श र प्रा.डा. प्रेम खत्रीले सम्पादन गरेका नेपालका जातीय संस्कार खण्ड १, २, ३, ४, ५, ६ र ७ जस्ता पुस्तक हजारौं संख्यामा प्रकाशन गरिसकेको पनि व्यवस्थापक ढुंगेलले जानकारी दिए। प्रदर्शनी असार ३० गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.