चितवनका चारजना जेष्ठ पत्रकारले पाए मासिक भत्ता

चितवनका चारजना जेष्ठ पत्रकारले पाए मासिक भत्ता

भरतपुर : चितवनका जेष्ठ पत्रकारले मासिक भत्ता पाएका छन् ।

 नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य रहेका चारजनाले भत्ता पाएका हुन् । 

भरतपुर महानगरपालिकाभित्र बसोवास गर्ने जेष्ठ पत्रकारले मासिक चार हजारका दरले भत्ताको व्यवस्था गरेको हो।

 नेपाल पत्रकार महासंघ चितवन शाखा र  भरतपुर महानगरपालिकाले ‘जेष्ठ पत्रकार निवृत्तीभरण कोष ’स्थापना गरेको हो । 

भरतपुर महानगरभित्र बसोबास गर्ने पत्रकारको मासिक भत्ताको लागि भरतपुर महानगरपालिकाले कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ।

पत्रकार महासंघले एक लाख रुपैयाँ राखेको छ । कोषबाट भरतपुर महानगर भित्रका महिला , दलित , अल्पसंख्यक र अपांगको हकमा ५५ वर्ष  र ६० वर्ष कटेका अन्य पत्रकारले भत्ता पाउने नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए ।

‘महासंघले जेष्ठ अवस्थामा पनि सम्झियो भन्ने हो,'उनले भने , 'यो भत्ताले जेष्ठ पत्रकारको दैनिकीमा केही सहज हुनेछ भन्ने अपेक्षा छ ।'

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोषका लागि २० लाख रुपैयाँको चेक पत्रकार महासंघलाई हस्तान्तरण गरिन् । महानगर प्रमुख दाहालले पत्रकारको सम्मानको  कोषको व्यवस्था गरिएको बताइन् ।  यो सुरुवात हो , कोषको निरन्तरताको लागि हामी प्रतिबद्ध छौं,'उनले भनिन् ,' पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याउनेको सम्मान गरेका हौं।'

 महानगर उपप्रमुख चित्रशेन अधिकारीले स्थानीय पत्रकारिताको क्षेत्रमा मुलुकभर  भरतपुर महानगरले फरक कार्यक्रम गरेको बताए । 

महासघंले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि भत्ताको व्यवस्था गरिएको हो । 

कार्यविधिले तोकिएका चारजना पत्रकारले मंगलबार भत्ता पाए । पत्रकारहरु रेशम विरही , मोहन पोखरेल , डिल्लीराम पोखरेल , महेन्द्रराज श्रेष्ठले भत्ता पाएका छन् । बैशाखदेखि उनीहरुले भत्ता पाएका हुन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.