गुराँस गाउँपालिकाले भन्यो, 'करार कर्मचारीको आन्दोलनलाई राजनीतिकरण गरियो'

गुराँस गाउँपालिकाले भन्यो, 'करार कर्मचारीको आन्दोलनलाई राजनीतिकरण गरियो'

दैलेख : गुराँस गाउँपालिकाले गरेको करार कर्मचारीको म्याद थप नगर्ने निर्णयविरुद्ध करार कर्मचारीहरू आन्दोलनमा उत्रिए। शुक्रबार दिनभर गुराँस गाउँपालिका तनावग्रस्त बन्यो। कर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनले झडपकै स्थिती बन्यो। 

आन्दोलित कर्मचारी र प्रहरीबीचको झडपमा १० जना बढी घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद शाहले ६ जना नेपाल प्रहरी, दुई जना शसस्त्र प्रहरी र दुई जना आन्दोलनकारीसहित १० जना घाइते भएको बताए। घाइतेहरूको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित कर्मचारीहरूले समेत ढुंगामुढा प्रहार गरेका थिए। आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनालाई लागेको छ। गोली लागेर घाईते हुनेमा भवानीप्रसाद भट्टराई र बखत खत्री छन्। 

आन्दोलनमा सहभागीहरू उग्र बनेपछि प्रहरीले गोली चलाएको डीएसपी शाहले बताए। 

आन्दोलनकारीले गाउँपालिकाको विभिन्न संरचना तोडफोड गरेका छन्। गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको करार सम्झौताको म्याद थप हुनुपर्ने भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। 

गाउँपालिकाले भने करार कर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनलाई राजनीतिकरण गरिएको जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीद्वारा जारी विज्ञप्तीमा कर्मचारीहरूले आफ्ना मागहरू विधिवत् ढंगबाट राखेको र कर्मचारीहरूको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफल हुँदाहुँदै राजनीतिकरण गरिएको उल्लेख छ। 

विज्ञप्तीमा भनिएको छ, 'कर्मचारीहरूमो माग कसरी पूरा गर्न सकिन्छ भनेर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीको छलफल भई सहमती भईसकेको अवस्थामा करार कर्मचारीहरूको मागलाई राजनीतिकरण गरि शान्तिपूर्ण वातावरणलाई थप उत्तेजित बनाइयो।' 

हालै सम्पन्न स्थानीय तह निर्वाचनको प्रतिशोध साध्न नेपाली कांग्रेस दैलेखका सचिव एवं गाउँपालिकाका पूर्व अध्यक्ष खेमराज ओली, काँग्रेस दैलेखका पूर्व सभापति कृष्णकुमार विसीलगायतको नेतृत्वमा गाउँपालिकाको सम्पती तोडफोड र अत्यावश्यक सेवालाई प्रभावित पारेको अध्यक्ष बिसीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

गाउँपालिकामा कार्यरत कर्मचारीको करार सम्झौता पालिकाको कार्यबोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता, सेवा करारमा नियुक्त कर्मचारीहरूको कार्य सम्पादन सन्तोषजनक नभएको र कर्मचारी समायोजन तथा लोकसेवा आयोगबाट समेत स्थायी कर्मचारीहरू सिफारिस भई रिक्त दरबन्दीमा स्थायी पदपुर्ती भईसकेको र केहि हुने क्रममा रहेका कारण नवीकरण गर्न नसकिने निर्णय गरिएको अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.