गाई फर्काउने चरुवा फर्किएनन्

गाई फर्काउने चरुवा फर्किएनन्

राजविराज : गाईवस्तु चराएर गुजारा गर्दै आएका एक वृद्धको सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरमा डुबेर मृत्यु भएको छ।

गाइवस्तु चराएर फर्किने क्रममा सप्तकोशी नगरपालिका-४ का ७० वर्षीय लक्ष्मी सदाको मृत्यु भएको हो। 

वर्षौंदेखि गाउँभरीका गाइवस्तु चराउँदै आएका वृद्धको शव शनिबार विहान चन्द्र नहरमा भेटिएको स्थानीयवासीले बताए।

गाईवस्तु चराएर शुक्रबार साँझ फर्किएका उनी नहर पारी रहेको केही गाई फर्काउन नहरमा पसेका थिए। नहर तरेर गाईवस्तु फर्काउन खोजेका सदा भने फर्किएनन्। उनी पानीमा बेपत्ता भए।

सदा डुबेको खबर फैलिए पछि नहरको पानी बन्द गराएर खोजी गर्दा शनिबार शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ। 

प्रहरीका अनुसार नहरमा पसेको स्थानभन्दा करिव तीन किलोमिटर दक्षिण सप्तकोशी नगरपालिका-५ स्थित नहरमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो।

सदाको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.