वर्ष दिनभरी रामेछापमा ४३ वटा आत्महत्या

वर्ष दिनभरी रामेछापमा ४३ वटा आत्महत्या

रामेछाप : जिल्लामा गत आर्थिक वर्षमा ४३ वटा आत्महत्याका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। जसमध्ये १४ जनाले विष सेवन र २९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

मन्थली नगरपालिकाको सभा हलमा नागरिक सुनुवाइको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले एक वर्षको आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराएको हो। आत्महत्या गरेर मृत्यु हुनेहरूमा धेरैको अहिले पनि कारण पत्ता लाग्न नसकेको पनि उपरीक्षक थिङले बताए।

गत वर्षमात्र जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको जसमध्ये ८९ वटा मुद्दाको फैसला भएको र ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको पनि थिङले जानकारी दिए। समाजमा चेतनाको स्तरमा वृद्धि भएका कारण अघिल्लो वर्षको भन्दा यो वर्ष घटना कम गटेका र मुद्दा कम दर्ता भएको थिङको भनाइ छ।

सहभागीहरुले प्रहरीको काम उत्कृष्ट रहेको र अझ थप उत्कृष्ट हुन सुझाव दिएका थिए। जिल्लाको विभिन्न स्थानमा सिसि क्यामेरा राख्नु पर्ने र प्रहरीको उपस्तिथि बढाउनु पर्नेसमेत सुझाव दिएका थिए। सवालको जवाफ दिँदै डिएसपी थिङले जिल्लामा दरबन्दी अनुसार प्रहरीको संख्या कम भएकाले थोरै जनशक्तिले काम गर्नु परेको बताए।

आर्थिक वर्ष ०७८/७९ मा रामेछापका आठ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भएको र त्यसमा ५ वर्षीय बालकदेखि ६० वर्षमाथि सम्मका रहेको बनी डिएसपी थिङले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.