स्वास्थ्यकर्मी नहुँदा ५ वटा स्वास्थ्य संस्थाको सेवा बन्द

स्वास्थ्यकर्मी नहुँदा ५ वटा स्वास्थ्य संस्थाको सेवा बन्द

बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले करार सेवाका कर्मचारीहरूको करार सेवा थप नगर्दा ५ वटा स्वास्थ्य संस्थाहरू बन्द भएका छन्।

स्थानीय तहको निर्वाचनपछि आएको नयाँ निर्वाचित जनप्रतिनिधिले साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरूको करार अवधी थप गरेको छैन्। 

करार कर्मचारीको म्याद थप नगर्दा ५ वटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी विहीन बनेको स्वामीकार्तिक खापगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पारस शाहीले बताए।

गाउँपालिकाका-२ फयालगाउँ आधारभूत स्वास्थ्य इकाई केन्द्र, वडा नम्वर १ को खोलीकोट आधारभूत सामुदायिक स्वास्थ्य इकाई केन्द्र, वडा नम्बर ४ को भुर्ने सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा सबै कर्मचारी करार रहेकोले सबैको करार म्याद थप नभएपछि बन्द छन्। 

त्यस्तै वडा नम्बर ५ को आधारभूत स्वास्थ्य केन्द्र जेरा र वडा नम्बर ३ को मिगु सामुदायिक स्वास्थ्य इकाई केन्द्र समेत बन्द रहेका प्रशासकीय अधिकृत शाहीले बताए।

पालिकाले करार सेवाका कर्मचारीहरूको सेवा थप गर्ने बारे निर्णय भएको छैन। पालिका अध्यक्षले मौखिक रूपमा स्वास्थ्य संस्था जानु भनेको भन्ने सुन्नमा आएको छ। 

तर करार सेवा थपको निर्णय नभएसम्म कर्मचारीहरूले नजाने भनेपछि स्वास्थ्य संस्था बन्द अवस्थामा रहेका पालिका एक कर्मचारीले बडिमालिका खबरलाइ बताएका छन्।

बिहीबार स्वामीकार्तिक खापर गाउँपालिका-१ की कार्तिका बिकलाई सुत्केरी व्यथा लागेपछि आफन्तले फयाल गाउँ स्वास्थ्य इकाई केन्द्र पुगाए। स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा घर फिर्ता लिँदा बीच बाटौमै सुत्केरी भएकी छन्। कार्तिका एक उदाहरणको पात्र मात्र हुन। 

स्वाथ्यकर्मीको करार म्याद थप तथा स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा पालिकाका स्थानीयले सामान्य उपचारबाट समेत बन्चित बनेको स्थानीय बलबहादुर बिकले बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्था नियमित जानु भनेको बताए। 

पालिकाका करार कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्ने नगर्ने निर्णय हुने बताए। राम्रो काम गरेकाहरूलाई करार म्याद गर्ने र नराम्रो काम गर्नेको म्याद थप नगर्ने पालिकाले निर्णय लिने बताए। तत्काल सबैलाई नहटाएको अध्यक्ष रोकायाले बताए।

फयालगाउँ आधारभूत स्वास्थ्य केन्द्र र जेरा आधारभूत केन्द्रमा करारमा कर्मचारी नियुक्ती गरेर बर्थिङ सेन्टर नै संचालनमा थिए। 

यो साउन महिनादेखि करार म्याद थप नगरेपछि त्यहाँ गर्भवती महिलाहरूलाई समस्या भएको छ। साउन पहिला नजिकै ब्रर्थिङ सेन्टर हुँदा त्यस्तो समस्या थिएन। 

तिनीहरू बन्द भएपछि समस्य भएको स्थानीयले बताए। बिरामीले सामान्य चेकजाँच गर्न पनि दुई तिन घण्टा हिंडेर स्वास्थ्य चौकी तथा निजी मेडिकल धाउने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.