नागरिकता नभएका ९४ जनालाई सुरक्षाभत्ता वितरण

नागरिकता नभएका ९४ जनालाई सुरक्षाभत्ता वितरण

बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नागरिकता नभएकालाई पनि सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको छ। 

महालेखा परिक्षक कार्यालयको २०७९ को वार्षिक प्रतिवेदनमा नगरपालिकाले नागरिकता नम्बर नभएका र उमेर नपुगेका ९४ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको हो। 

सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार सामाजक सुरक्षा प्राप्त गर्न योग्य नेपाली नागरिकले नियमावलीको अनुसूची १ अनुसारको वैयत्तिक विवरण भरि निवेदन पेश गर्नुपर्ने उल्लेख भए पनि जयपृथ्वी नगरपालिकामा सबै विवरण नभएका ९४ जनाको नामबाट वार्षिक ३४ लाख ८४ हजार ४ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो। 

यस्तै जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष ७७/७८ कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि १ करोड ८३ लाख ३५ हजार ३ सय ८१ रुपैंया ३३ पैशा खर्च गरेको र क्वारेन्टाइन सहयोगी ४ जनालाई राखि तलब, महँगी, भत्ता स्थानीय भत्ता र सञ्चार खर्च गरि मासिक २८ हजार २ सय जम्मा ५ लाख ७८ हजार रुपैयाँ उल्लेख गरेकोमा वर्षा रावल र लक्ष्मी खड्कालाई २०७७ साल कार्तिक महिनामा दोहोरो तलब भत्ता रकम दिइएको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.