उदयपुरको कटारीमा फस्टाउँदै तरकारी खेती

उदयपुरको कटारीमा फस्टाउँदै  तरकारी खेती

उदयपुर : उदयपुरको कटारी नगरपालिका-८ ढाप्टारकी कविता कार्कीको घरमा हिजोआज सधै हरियो तरकारी पाक्छ। त्यो पनि आफ्नै करेसाबारीको अर्गानिक। उनले यसैबाट वार्षिक ७ लाखसम्म बचत गर्छिन्। 

दुई वर्षअघिसम्म बजारबाट तरकारी खरिद गर्दै आएकी उनी अहिले आफ्नै करेसाबारीको तरकारीमा आत्मनिर्भर छिन्। 

'करेसाबारी भएपछि हरियोपरियो खान पाइयो,' उनी भन्छिन्, 'पहिला-पहिला त कटारी बजारबाट ओइलिएको तरकारी महंगो मूल्यमा किनेर खानुपर्थ्यो, अहिले त्यो खर्चले छोराछोरीको शिक्षा र विविध खर्च धान्ने गरेको छ।'

त्यसो त कविताकोमा मात्र हैन ढाप्टारकै फूलमाया बम्जनको घरमा पनि आफ्नै करेसाबारीको अर्गानिक हरियो तरकारी पाक्छ। उनको घर छेउको करेसाबारीमा पनि हरिया सागपात, धनियाँ, खुर्सानी प्रसस्त फलेका छन्। उनको परिवारलाई पनि अहिले तरकारी खान समस्या छैन्।

कविता र फुलमाया उदाहरणका पात्र मात्र हुन्। त्यस क्षेत्रका सुनाखरी कृषक समूहमा आवद्ध ३० घरधुरीको करेसाबारीमा अर्गानिक तरकारी फल्ने गरेको छ। गाउँमा सबैले खेर गएको पानी र जमिनको सदुपयोग गर्दै तरकारी खेती सुरु गरेपछि बस्ती नै परिवर्तन भएको छ। 

तीन कठ्ठा क्षेत्रफलमा रहेको करेसाबारीमा उत्पादन भएको तरकारी आफूले खाएर मासिक १५ हजारसम्म लिन सफल भएको उनी बताउँछिन्। 

तरकारी पूर्णरुपले अर्गानिक भएकाले बिक्रीका लागि कटारीसम्म पुर्‍याउन समस्या परेको उनी बताउँछिन्। उनले भनिन् 'कतिबेला ढाप्टारको तरकारी आउँछ र किनौला भनेर बसेका हुन्छन्, पुर्‍याउन भ्याइँदैन त्यति छिटो बिक्री हुन्छ।' उत्पादन गर्न सके बजारको अभाव नभएको किसानको भनाइ छ। कम फाइदा हुने भएकाले अर्गानिक तरकारी उत्पादन न्युन किसानले लगाउने गरेका छन्। 

'विभिन्न रोगको संक्रमण र भने जस्तो उत्पादन नहुने खतरा पनि अर्गनिक खेतीमा हुने गरेको छ, फुलमायाले भनिन्, 'त्यसैले धेरैजसोले विषादी लगाउँछन र बजारमा पुर्ण अर्गानिक भन्ने गरेका छन्, त्यसलाई चिर्नपनि हामीले गुणस्तरीयतामा कुनै सम्झौता गरेका छैनौं।

फुलमायाको आँगनमा भाँडा सुकाउने चाङ्, धुँवा बहिर जाने सुधारिएको चुल्हो, जैविक मल उत्पादन, सुधारिएको बाख्राको गोठ छ। एकवर्ष पहिलेदेखि गाउँमा हुरेण्डेक उदयपुर र वल्ड  नेर्वसको सहकार्यमा स्थानीयलाई आत्मनिर्भर बनाउने परियोजना सञ्चालनमा आएपछि उनीहरूमा तरकारी खेतीको अवधारणा आएको हो। 

परियोजनाका कार्यक्रम संयोजक विनु सुवेदीकाअनुसार स्थानीयले घरमा अनिवार्य पानी सफा गर्ने फिल्टर, भाँडा सुकाउने चाङ्, करेसाबारीमा अनिवार्य तरकारी उत्पादन, गोठ सुधार गरेकै हुनु पर्छ। स्थानीयलाई अर्गानिक तरकारी उत्पादन र आत्मनिर्भर बनाउन यस्तो अवधारणा अघि सारिएको उनको भनाइ छ। 

'अर्गानिक उत्पादन र रैथाने उत्पादनमा हाम्रो जोड छ,' उनले भनिन्, 'पहिलो चरणमा स्थानीयलाई आत्मनिर्भर बनाउने नै हो, त्यसपछि व्यवसायिक बनाउन पनि बल गछौं।' सुवेदीका अनुसार स्थानीयले आफ्नै उत्पादनबाट कम्तिमा अर्गानिक तरकारी, कृषिबाट उत्पादन र सरसफाईमा ध्यान दिन सक्ने बनाउने उद्देश्य रहेको छ।

कटारीसँगै उदयपुरको बेलका, त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकामा परियोजना सञ्चालित रहेको उनी बताउँछिन्। कटारीको वडा नम्बर ८ मा अहिले ११ समूहका सदस्यहरू परियोजनामा आवद्ध भएर विभिन्न चरणका कामहरू गरिरहेको सामाजिक परिचालक मिना आले बताउँछिन्। 

परियोजनाले ट्याङ्की निर्माण, टनेला, गोठसुधार, पानी संकलन, बजारीकरण लगायतमा सहयोग गरेपछि स्थानीयलाई सहज भएको समूहका सदस्य लाखबहादुर राईले बताए। उनीहरूलाई पेसामा लगनशील बनाउन बेलामौकामा विभिन्न चरणमा तालिमहरू दिने गरेको सामाजिक परिचालक आले बताउँछिन्।

ढाप्टारबासीको मेहनतलाई कदर गर्दै नगरपालिकाका उमपेयर गिता खड्काले आगामी दिनमा किसानको मेहनतलाई दिगोपना दिँदै अन्य किसानलाई पनि थप प्रोत्साहन हुने गरी कार्यक्रम ल्याइने बताइन्। 'वास्तवमै किसानमा परिवर्तन देखिएको छ, यसको दिगोपनाको खाँचो छ, उनले भनिन्, कृषिमा आत्मनिर्भर बनाउने गरी आगामी दिनमा नगरपालिको योजना अघि सार्छ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.