भारतबाट कन्ट्याक्ट किलर झिकाएर भाइबुहारीको हत्या

भारतबाट कन्ट्याक्ट किलर झिकाएर भाइबुहारीको हत्या

नेपालगन्ज : बाँकेमा दाइभाउजुले सहोदर भाइबुहारीलाई भारतीय कन्ट्याक्ट किलर झिकाएर हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षीया बुहारी अञ्जली गडरीयालाई दाइ विजयकुमार र भाउजु रेखाले हत्या गराएका हुन्। 

'५०/५० हजार रुपैयाँ दिएर भारतबाट दुई जना कन्ट्याक्ट किलरलाई बोलाएर सोमबार राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हो', एसपी अधिकारीले भने, 'उनीहरूले बुहारीको हत्याको योजना बनाएका रहेछन्। भाइ पनि आएपछि दुबै जनाको हत्या भएको हो। अभियुक्त दाइले हत्याको जिम्मेवारी लिइसकेका छन्।' 

हत्यामा संलग्न मुख्य अभियुक्त भारतीय नागरिक भने फरार छन्। उनीहरू मृतकका नातेदार नै भएको प्रहरीले जनाएको छ। 

केही महिना अघि बुहारी अञ्जलीले पति कृष्ण र ससुरा घिरनलाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएको रिसिबी साँध्न हत्या गरेको विजयले प्रहरीलाई बयानमा दिएका छन्। एउटै घरमा बस्ने उनीहरूको बुबा घरमा नभएको मौका छोपेर हत्या भएको छ। 

बाँकेका प्रहरी प्रमुख अधिकारी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ललगायतको टोलीले घटनाबारे जानकारी पाए लगत्तै घटनास्थल पुगेर सुक्ष्म अध्ययन गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्रकार सम्मेलन गरेर हत्याका अभियुक्त दाजु भाउजुलाई सार्वजनिक गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.