बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

डोटी : बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। 

बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई बिदाइ गरिएको छ।

बाजुरा जिल्लामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ 'पेटारो' पठाउने गरिन्छ। सरकारी कर्मचारीहरूको एक टोलीले उक्त पेटारो लैजाने गर्दछन। वर्षौदेखि सो चलन चलिआएको छ। 

नेपाल एकीकरण हनुपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भएपनि पछिल्ला समय नेपालमा राज्य सञ्चालन गर्ने शाह वंशीय राजा, राणाकालीन अवस्थाका बढा हाकिम तथा हालका सरकारहरूलेसमेत पूजा सामग्री पठाउने चलन रहेको छ।

'जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रिक विधिले पूजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई बिदाइ गरिन्छ', शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्टले भने, 'ठाउँठाउँमा बास बसी १५ दिनपछि पेटारो बडीमालिका पुग्ने गर्दछ।' 

भगवतीका सात बहिनीमध्ये कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामीसहित टोलीलाई बिदाइ गर्ने चलन रहेको छ। सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम, बाजुरा जिल्लाको सुरक्षा समितिसँग कुरा भएको र विशेष सुरक्षा व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। सरकारी टोली साउन २७ गते मालिकामा सम्पन्न हुने विशेष पूजामा सरिक हुनेछ। धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकीय क्षेत्र बडीमालिकालाई ठूलो शक्तिपीठका रूपमा हेर्ने गरिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.