आर्थिक सहयोगका लागि संघ र प्रदेश गुहार्दै अस्पताल

आर्थिक सहयोगका लागि संघ र प्रदेश गुहार्दै अस्पताल

अछाम : बयालपाटा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मन्दीप पाठक अहिले अस्पतालका उपचार सँगसँगै आर्थिक संकलनका लागि जुटिरहेका छन्। नेपालमा हड्डीको क्यान्सर हेर्ने चारजना विषेशज्ञ डाक्टरमध्ये पाठक पनि एक हुन्। 

दुर्गमको नमुना अस्पतालको रूपमा स्थापित बयालपाटा अस्पतालमा उनले सेवा दिइरहेका छन्। दातृसंस्थाहरूले अस्पताललाई दिँदै आएको बजेट कटौती भएपछि अस्पताल अहिले आर्थिक संकटमा छ। त्यही आर्थिक संकट समाधान गर्नका लागि उनी आवश्यक बजेट जुटाउने अभियानमा छन्। तर पनि स्वास्थ सेवा प्रदान गर्नका लागि आवश्यक बजेट उपलब्ध हुन सकेको छैन। 

अस्पतालको आर्थिक संकट टार्नका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ। उक्त समितिको टोलीसँगै डा.पाठक अहिले सुदूरपश्चीम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टलगायतका मन्त्रीहरूलाई गुहार्न पुगेका छन्। आर्थिक अभावमा अस्पतालले दिइरहेको गुणस्तरीय सेवा खस्किन्छ भन्ने चिन्ताले सताउने गरेको डा.पाठक बताउछन्। 

उनले भने, 'शुल्क लिएर सेवा दिनुपर्छ भन्ने आवाज पनि उठेको छ तर हामी त्यसो गर्दैनौं, निःशुल्क उपचारका लागि तत्पर छौं, यहाँ बिरामी मात्र आइदिनु पर्‍यो, गुणस्तरीय स्वास्थ सेवाका लागि सरकारले आर्थिक सहयोग गरिदिनु पर्‍यो। बजेट विनियोजन गर्छौं त भन्नु हुन्छ तर बजेट दिनेबेला कसैले वास्ता नगरेको देखियो। जति पनि मन्त्रीहरू, सांसदलाई भेट्यौ सबैले हुन्छ नै भन्नु भएको छ तर कार्यान्वय गर्दा सम्बोधन हुँदैन।'

बयालपाटा अस्पतालको समस्या समाधान गर्ने पहलका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ। अस्पतालमा देखा परेका आर्थिक समस्यालगायतका अन्य विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई दबाब दिन सरोकार समिति गठन गरिएको हो। जिल्लाको साँफेबगर नगरपालिका वडा नं ७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो। 

समितिमा अछामका १० वटै पालिका प्रमुख, बाजुरा र डोटीको सेवा क्षेत्रभित्रका पालिका प्रमुख, अछामस्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, वडा नं ७ का अध्यक्ष, समाजसेवी, नागरिक र अस्पतालको तर्फबाट समेत सदस्य रहने गरी समिति गठन गरिएको हो। 

साँफेबगर नगरपालिकाले एक करोड विनियोजन गरेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए। उनले भने,'अहिले हाम्रो टोली प्रदेश र संघ सरकारलाई अस्पतालको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको छ, प्रदेशका मुख्य मन्त्री, सामाजिक, अर्थ मन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएका छौं, प्रधानमन्त्री शेरबहादुर देउवा समक्षसमेत बजेटका लागि आग्रह गरेका छौं,सकारात्मक कुरा आएको छ।' 

यस आर्थिक वर्ष २०७९/८० मा अस्पताल सञ्चालनका लागि पुँजीगत र चालु तर्फ गरी २२ करोड रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ। तर यस आर्थिक वर्षबाट सुदूरपश्चिम प्रदेश सरकार मातहतमा ल्याएर सञ्चालन गरिने गरी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा साढे ४ करोड मात्रै बजेट विनियोजित भएको छ। 

गत आर्थिक वर्षमा ८ करोड बजेट विनियोजित गरेको प्रदेश सरकारले उक्त रकम घटाएर साढे ४ करोडमा सीमित गरेको छ। बजेट पुँजीगततर्फ मात्रै विनियोजित भएको हो। जसका कारण अस्पताल सञ्चालनका लागि समस्या हुने भएको छ। 
बजेट अभावका कारण अस्पताल बन्द हुन्छ भन्ने चिन्ता उपचार गर्न अस्पताल पुगेका दुर्गमका बिरामीमा समेत परेको छ। साँफेबगर नगरपालिका-३ का नाउटे कोलीले आफूहरू जस्तो गरिब असहायका लागि बयालपाटा अस्पताल देउताको रूपमा रहेको बताए। 

आर्थिक अवस्था कमजोर रहेको कोलीको ८ महिना पहिले खुट्टा भाँचिएपछि जटिल शल्यक्रियामार्फत उपचार गरिएको थियो। उनले भने, 'मसँग राम्रोसँग खाउ भने गाँस छैन, काम गर्दै गर्दा लडेर खुट्टा भाँचियो,बाहिर गएर उपचार गर्ने हैसियन नै छैन, बयालपाटा अस्पतालले निःशुल्क उपचार गरिदियो अहिले राम्रोसँग हिँड्ने, काम गर्ने भइसकेको छु, हामी जस्तो गरिबका लागि देउता बनेको छ बयालपाटा अस्पताल।'

जिल्लामा कोही सांसद वा मन्त्रीहरू आउँदा बयालपाटा अस्पतालको अवस्थाको बारेमा जानकारी गराउने काम गर्दै आएका छन्। मन्त्री सांसदहरू अस्पतालको प्रसंसा गर्छन्। आवश्यक रकम उपलब्ध गराउछौं भन्दै झुठो बाचा गरेर फर्किने गरेका छन्। चालु आर्थिक वर्ष ७९/८० का लागि सुदूरपश्चिम सरकारसँग २० करोड माग गरिएपनि ८ करोड मात्र विनियोजन गरेको छ। 

संघ सरकारबाट भने कुनै सम्बोधन नै हुन सकेन। अछाम डोटी र बाजुराका स्थानीय सरकारसँग आर्थिक सहयोगका लागि थुप्रै बैठकहरू बसे। तर केही पालिकाले प्रतिबद्धता अनुसार सहयोग गरे तर केही पालिकाले गरेनन्। बयालपाटा अस्पतालमा डोटी बाजुरा, दैलेख, मुग, हुम्ला, जुम्लासम्मका बिरामीहरू उपचारका लागि पुग्ने गर्छन्। तीन वर्षमा अस्पतालबाट सात लाख २ हजार ४७० बिरामीले सेवा लिएका छन्। साथै एक हजार ५८३ हाडजोर्नीको जटिल शल्यक्रिया र २ सय ६५ जनाको शल्यकृया मार्फत प्रसूति गराइएको तथ्यांक छ। 


बयालपाटा अस्पतालमा अस्पतालमा अहिले दुई जना एमडिजिपी, ७ जना गरी एक सय ९७ जना कर्मचारी कार्यरत छन्। स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पताललले बहिरंग सेवा, २४ सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीका सर्जरीहरू निःशुल्क, मानसिक स्वास्थ सेवा, समुदाय स्वास्थ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.