बैतडीमा कोरोना कोष स्थापना गरिँदै

बैतडीमा कोरोना कोष स्थापना गरिँदै

बैतडी : बैतडीमा कोरोना जोखिम नियन्त्रणका लागि ५ लाख रुपैयाँ बराबरको सामूहिक कोष स्थापना गरिने भएको छ। १० स्थानीय तह रहेको बैतडीमा प्रत्येक स्थानीय तहबाट ५० हजार रुपैयाँका दरले जम्मा गरी ५ लाख बराबरको कोष स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उक्त निर्णय भएको उनले बताए। 

झुलाघाटबाट कोरोना संक्रमित भएकाहरूलाई सम्बन्धित स्थानीय तहमा पुर्‍याउनको लागि कोष स्थापना गर्ने सहमति भएको हो। बिगतमा कोरोना संक्रमणको जोखिमका बेला स्थापना गरिएका आइसोलेसनलाई निरन्तरता दिने सहमति भएको छ। 

अब प्रत्येक स्थानीय तहमा एकीकृत आइसोलेसन कार्यान्यवनको चरणमा आउने छन्। बैतडीमा ७ जना कोरोनाका बिरामी रहेका छन्। एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना आइसोलेसनमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.