बायाँ इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

बायाँ इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज : नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण  गरिएको छ। 

आकाशमा उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए।

विमानस्थलका अनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। १० किलो मिटर उडान भरिसकेपछि बायाँ इन्जिनमा समस्या देखिएपछि ९ बजेर ५६ मिनेटमा सोही विमानस्थलमा अवतरण गराइएको हो।

जहाजमा चालक दलका  ४ सदस्यसहित ८३ जना यात्रु थिए।

जहाजमा सबै यात्रु सकुशल रहेको र सबैलाई बाहिर निकालिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.