बैतडीमा ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

बैतडीमा ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

बैतडी : जिल्ला निर्वाचन कार्यालय बैतडीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि तयारी थालेको छ। जिल्लामा रहेका १२९ वटा मतदान स्थलहरूमध्ये ११ वटा मतदानस्थलको नाम तथा स्थल परिवर्तनका लागि सिफारिस गरिएको छ। 

दशरथचन्द नगरपालिका-८ को गाविस भवन त्रिपुरा सुन्दरीमा रहेको केन्द्रलाई स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा, दशरथचन्द नगरपालिका-१ को गाविस भवन गुरुखोला रहेकोमा मणिलेक मावि गुरुखोलामा, मेलौली नगरपालिका-२ को गाविस भवनसलेना मणिकुल मतदान स्थल रहेकोमा नजिकैको धरमघर माविमा मतदानस्थलमा सार्न प्रस्ताव गरिएको छ।

दोगडाकेदार गाउँपालिका-७ को गाविस भवन लोटनपाखा रहेकोमा भुमेश्वर आधारभुत विद्यालय रिखाली मतदान स्थल रहने छ। सिगास गाउँपालिका-४ को कैलपाल आधारभुत विद्यालयमा मतदान स्थल रहेकोमा अब वडा कार्यालयमा मतदानस्थल राखिनेछ। 

ठाउँ अभावले गर्दा केन्द्र परिवर्तन गर्नुपरेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए। मतदानस्थल परिर्वतन गरिएका ठाउँहरू साविकको भन्दा सय मिटरको हाराहारीमै रहेको उनले बताए।  

यसैगरी पुराना गाविस भवन भनेर नामाकरण गरिएका मतदान केन्द्रहरूको नाम पनि परिवर्तन गरिएको छ। पुर्चौडी नगरपालिकाको ७ को गाविस भवन कोटिला राइनेचौर रहेको मतदान केन्द्रको नाम ७ नं वडा कार्यालय कोटिला राइनेचौर नाम राख्न सिफारिस गरिएको छ। 

पञ्चेश्वर गाउँपालिका ६ को गाविस भवन रोडिदेवल नाम रहेको मतदान केन्द्रको नाम ६ नं वडा कार्यालय नामाकरणको लागि सिफारिस गरिएको छ। पञ्चेश्वर ५ को गाविस भवन गिरेगडा नामाकरण गरिएको स्थलको नाम ५ नं वडा कार्यालय गिरेगडा नामाकरण गरिएको छ। 

पञ्चेश्वर गाउँपालिका २ को गावि भवन नामाकरण गरिएको मतदान स्थललाई २ नं वडा कार्यालय महाकाली नामाकरण गरिएको छ। दशरथचन्द नगरपालिका ५ को गाविस भवन पल्लाचौडाली रहेकोमा ५ नं वडा कार्यालय पल्लाचौडाली नामाकरणका लागि सिफारिस गरिएको छ। 

सुर्नया गाउँपालिका १ को गाविस भवन गुर्केली नामाकरण गरिएको मतदानस्थलको नाम १ नं वडा कार्यालय हटैराज नामाकरणका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ। गाविसको कार्यालय नामाकरण गरिएका स्थलहरूलाई वडा कार्यालय भनि नामाकरणको लागि सिफारिस गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

जिल्लामा २ हजार ८०८ मतदाता थपिएका छन्। यही असार १ गतेदेखि साउन १९ गतेसम्म २ हजार ८०८ मतदाता थपिएको निर्वाचन अधिकारी फुयालले जानकारी दिए। जिल्लामा कुल मतदाताको संख्या १ लाख ४८ हजार ६०६ रहेको छ। जिल्लामा १२९ मतदान स्थल रहेका छन् भने २०५ मतदान केन्द्र रहेका छन्। 

सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.