मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधि आयोजक लाजिम्पाटलाई

मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधि आयोजक लाजिम्पाटलाई

काठमाडौं : राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटले आयोजना गरेको संस्थागत मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधि आयोजक लाजिम्पाट समितिले जितेको छ। 

आयोजक लाजिम्पाट समितिले उपाधिसहित नगद  २५ हजार ५ सय २५  सहित प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय, तृतीय पुरस्कार  क्रमशः कमलादी समिति र सुन्धारा समितिले हात पारेका छन्। द्वितीय र तृतीय हुने समितिले नगद १५ हजार ५ सय १५ र १० हजार ५ सय १० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै ठमेल समितिका चित्रा पुन उत्कृष्ट घोषित भएको गायिका एवं राष्ट्रिय  लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटकी महिला उपाध्यक्ष डोल्मा लामिछाने मगरले जानकारी दिइन्। 

लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त गीत प्रतियोगिता आयोजना गरिएको पनि मगरले जानकारी दिइन्। प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएको र आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने पनि मगरले बताइन्। 

मगर भन्छिन् - 'मौलिक रत्यौली प्रतियोगिताले सम्पुर्ण कलाकारहरूमा हौसला थपिएको छ। यसले अझ उचाइ लिनेमा आफू विश्वस्त रहेको छु।' प्रतियोगिता शुक्रबारदेखि जमलमा सुरु भएको थियो। प्रतियोगितामा आयोजकसहित अन्य पाँच समिति सहभागी रहेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.