बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र वर्षौंदेखि सहयोगकै भरमा सञ्चालन

बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र वर्षौंदेखि सहयोगकै भरमा सञ्चालन

महोत्तरी : बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्र वर्षौंदेखि सहयोगकै भरमा सञ्चालन भइरहेको छ। नेपाली सेनाको जनशक्तिको सहयोगमा सञ्चालित सो उपचार केन्द्र स्थापनाकालदेखि नै सहयोगकै भरमा सञ्चालन हुँदै आएको हो।

२०७१ साउन ३१ गतेबाट सञ्चालनमा आएको सो संस्थामा स्वास्थ्य मन्त्रालयको रोग तथा ईडिमियोलोजी शाखाले आवश्यक पर्ने औषधिको व्यवस्थापन गर्दै आएको छ। त्यस्तै नेपाली सेनाले निःशुल्क रूपमा उपचार गर्दै आएको छ। समितिको निगरानीमा संस्था सञ्चालन भइरहेको छ।

रेडियो नेपालले बर्दिबासस्थित प्रसारण केन्द्रको मातहतमा रहेको १० धुर जग्गा उपलब्ध गराएपछि सो सेवा सञ्चालन गर्ने वातावरण सहज भएको समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जानकारी दिए। अध्यक्ष देवकोटाले भने, 'एकल प्रयासले जग्गा प्राप्ति गरिसकेपछि तत्कालीन समयमा आफ्नै नेतृत्वमा समिति बनाएर यसको व्यवस्थापन गरेको थिएँ। सो समयमा समितिको खातामा रकम थिएन। भवन निर्माणका लागि तत्कालीन सभासद निर्जला राउत १ लाख, गिरीराजमणि पोखरेलले ५० हजार र निशा साहले ५० हजार रकम प्रदान गरेपछि भवन निर्माण सम्पन्न भएको हो।'

तत्कालीन समयमा संस्थालाई विकसित गर्नका लागि विभिन्न दातृ निकाय र व्यक्तिहरूसँग चन्दा संकलन गरेर सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष देवकोटाले जानकारी दिए। अहिले संस्थाको खातामा ३ लाख मौज्दात रहेको छ। पछिल्लो समय सेवाग्राहीसँग उपचार खर्चवापत जनही २ हजारका दरले संकलन गर्दा सो रकम जम्मा भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

स्थापनाकालदेखि हालसम्म २८ हजार ९ सय ३७ जना सर्पदंशका घाइतेहरूको उपचार गर्न सफल भएको सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ। १ हजार ८८ भाइल खर्चिएर उपचार सेवा प्रदान गरिएको नेपाली सेनाका इन्चार्ज ईन्द्र केसीले जानकारी दिए। महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सिन्धुली लगायतका जिल्लाबाट आउने बिरामीको उपचारको लागि निःशुल्क भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने इन्चार्ज केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.