कुमाले पेसा संकटमा
उदयपुर : पुस्तौंदेखि माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उदयपुरका कुमालहरूको पेसा संकटमा परेको छ। बजारमा पाइने प्लास्टिक र आल्मुनियमका भाँडाको बढ्दो किनबेचले उनीहरूको पुख्र्याैली पेसा संकटमा परेको हो।
त्रियुगा नगरपालिका–६ जलजले बजारका अमृतलाल कुमाल भन्छन्, ‘बजारमा प्लास्टिकका भाँडाहरूको बढ्दो प्रयोगक कारण आपूmहरूको पुरानो पेसा संकटमा परेको हो।’ बिगत ३५ वर्षदेखि उदयपुरका बिभिन्न बजारलगायत खोटाङको दिक्तेलसम्म आफूहरूले बनाएको भाँडाले बजार पाउने गरेकोमा हिजोआज गाउँघरमा आल्मुनियम र प्लास्टिकका भाँडाको नै प्रयोग बढेपछि आफ्ना सामानहरू बिक्री हुन छोडको उनले बताए।
माटोबाट हाँडी, घैटो, रक्सी पार्ने पैनी, खुत्रुके, पूmल रोप्ने गमलालगायतका सामग्रीहरू बनाइन्छ। माटोको सामग्रीभन्दा पलास्टिक र आल्मुनियका सामग्री झट्ट हेर्दा सस्तो र राम्रो देखिने भएपछि सर्वसाधारणको त्यसतर्फ क्रेज बढेको दुर्गादेवी कुमाल बताउँछिन्। भनिन्, ‘मेहनत अनुसारको आर्थिक लाभ प्राप्त हुन छोडेपछि व्यवसायबाट हात धुने पर्ने अवस्था सिर्जना भएको छ।’ पेसालाई दिगोपना दिन विभिन्न निकायसँग सहयोगको हात फैलाए पनि कसैबाट सहयोग नपाएको उनको भनाइ छ।
माटोका भाँडा छिट्टै फुटेर खेरजाने र त्यसलाई पुनः मर्मत गरी प्रयोगमा ल्याउन नसकिने भएकाले यसको प्रयोग घट्दै गएको स्थानीय उपभोक्ताहरू बताउँछन्। प्रविधिका कारण भाँडा बनाउन बिगतमा जस्तो लठ्ठीले चक्र घुमाउनु पर्ने झन्झट नभएको दुर्गा बताउँउछिन्। उनले थपिन्, ‘विद्युत् जडान गरिएको चक्र स्वीच वन गर्नासाथ घुम्ने र कामगर्न महिलालाई समेत सहजै भएको छ, तर बजार अभावकै कारण त्यसलाई दिगो बनाउन सकिएको छैन।’
उनी भन्छिन्, ‘भएको सीप प्रयोग गर्न नपाउँदा आफ्नो रोजीरोटी नै गुम्ने अवस्था आएको छ।’ त्यसअघि उनले थपिन्, ‘सुरुका वर्षमा वार्षिक २÷३ लाख कमाई हुन्थ्यो अहिले त प्लास्टिक सामानको मार्केट सामान्य घर खर्च चलाउन पुग्छ।’
कुनै समय घरमै बसेर मनग्ये आम्दानीको स्रोत बनाएका कुमालहरू पेसा धरासय भएकै कारण बेरोजगार बन्दै गएको जलजलेका कृष्ण पराजुली बताउँछन्। प्लास्टिकका सामान आर्यातमा कमी र कुमाललाई प्रोत्साहन गरी उद्योगकै रूपमा विकास गर्ने हो भने ठूलै रोजगार सिर्जना गर्न सकिने उनको भनाइ छ।