निगौल गाई गौशाला अब गाई अनुसन्धान केन्द्र

निगौल गाई गौशाला अब गाई अनुसन्धान केन्द्र

महोत्तरी : महोत्तरीस्थित निगौल गाई गौशालामा अब गाई अनुसन्धान केन्द्रको रुपमा स्थापित हुने भएको छ। सोमबार गौशाला नगरपालिकाको सभाहलमा आयोजित समीक्षा गोष्ठीले यस संस्थालाई गाई अनुसन्धान केन्द्र तथा राष्ट्रिय गाई अनुवांशिक केन्द्रको रुपमा रुपान्तरित गर्नेमा सर्वसहमती भएको हो। 

एग्रिकल्चर एण्ड फरेस्ट्ररी युनिभर्सिटी रामपुर चितवनको मातहतमा राखी यस संस्थामा गौवंशको अनुसन्धान गर्नुको साथै नयाँ-नयाँ गाईका नश्लहरुको विकास तथा सुधार गरिने कार्यक्रमकाबीच स्पष्ट पारेका थिए। त्यस्तै भविष्यमा यहाँ भेटिनरी काउन्सिलको अनुमति लिएर वि. भी. एस्सी. एण्ड एच.को पढाईले पशुपालन सम्बन्धी पठनपाठनसमेत हुने भएको छ। 

वर्षौंदेखि राष्ट्रिय सहकारी विकास वोर्ड हरिहरभवन, ललितपुरको मातहतमा रहेको संस्था पछिल्लो समयमा झन दयनीय अवस्थाबाट गुज्रँदै आएको गौशालाका मेयर डा दिपेन्द्र महतोले बताए। मेयर डा. महतोले भने, ‘अत्याधुनिक सेवा सुविधा पूर्वाधार, आफ्नै मातहतमा उब्जाउ जग्गा, उचित संरक्षण एवम् व्यवस्थापन कमजोरकै कारण संस्था दयनीय अवस्थाबाट गुज्रिदै आएको छ।’ 

राष्ट्रिय सहकारी विकास वोर्डका सह अध्यक्ष मित्रराज कवाडीले यसलाई रामपुरको आंगिक क्याम्पसको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘यहाँ विश्वविद्यालयको स्थापन भए यस भेगमा भेटनरीको पठनपाठन हुन्छ। यस क्षेत्रमा प्राविधिकहरुको उत्पादन हुन्छ।’

तत्कालीन समस्याभन्दा पनि दीर्घकालीन मोडेलले यस संस्थालाई व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको पूर्वमन्त्री गिरीराजमणि पोखरेलले बताए। महोत्तरी क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री पोखरेलले भने, ‘गाई गौशालालाई विश्वविद्यालयको स्वामित्वमा दिए मात्रै यसको दीर्घकालीन भविष्य सुनिश्चित रहन्छ। पछिल्लो समयमा सरकारले चलाएको मोडेलभन्दा यसलाई फरक ढंगले संचालन गर्नुपर्ने आवश्यक छ। यसलाई स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर शिक्षण संस्थाको रुपमा परिमार्जन गर्नुपर्ने आवश्यक रहेको छ।  गौवंशको अनुसन्धनात्मक पद्धतिबाट संचालन गरे मात्र यसको प्रत्यक्ष फाइदा सर्वसाधारणले पाउँछन्।’ 

विं सं. १९८३ मा स्थापित निगौल गाई गौशाला देशकै सबैभन्दा पुरानो गौशाला हो। भारतको विहार प्रान्तका दरभंगा महाराजले ब्रह्मदेव ठाकुरमार्फत गौशालामा गाईको व्यवस्थापन गरेका थिए। पछि उनले जग्गा र गाई समेत नेपाललाई हस्तान्तरण गरेका थिए। 

इतिहासकार दिनेशराज पन्तका अनुसार काठमाडौंभन्दा महोत्तरीको निगौल गाई गौशाला जेठो रहेको बताउँछन्। मारवाडी समुदायले काठमाडौंमा वि. सं. १९९७ सालमा पशुपतिमा गौशालाको स्थापना गरेको थियो। महोत्तरीमा त्योभन्दा १४ वर्ष अगाडि नै गाईको वंश रक्षारर्थ गौशाला स्थापना भएको थियो। 

सुरु सुरुमा यस निगौल गाई लगौशालाको व्यवस्थापन तत्कालीन बडाहाकिमले गर्दथ्यो। त्यसपछि अञ्चलाधीश हुँदै २०४७ सालमा प्रमुख जिल्ला अधिकारी मातहतमा आयो। जसको कारण केहीवर्ष यस संस्था अलपत्र पनि रहेका थिए। वि.सं. २०६७ जेठ १९ गतेको मन्त्रिपरिषदको बैठकले गौशालाहरूको सञ्चालन, व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डमार्फत गर्ने निर्णय भएको राष्ट्रिय सहकारी वोर्डका सदस्य रामचन्द्र सिंह कुशवाहाले बताए। पूर्वसदस्य कुशवाहाले भने, ‘गौशाला बडाहाकिम, अञ्चलाधीश र सीडीओ मातहत गए पनि त्यहाँको संतोषजनक तवरले रेखदेख भएन। जसको कारण क्रमिक रुपमा यस संस्थाले दयनीय अवस्थासँग गुज्रिनुपर्ने बाध्यता रहेको थियो। गौशालामा बजार लगाउन केही जग्गा बिटौरीमा दिइयो। त्यसपछि अतिक्रमण हुन थाल्यो। बस्ती विकास हुन थाल्यो।’

उनका अनुसार २०२२ सालमा नापी हुँदा गौशालाको जग्गामा बसेकाहरूले लालपुर्जै बनाए। स्थानीय प्रशासनले त्यसमा ध्यानै दिएन। यहीबाट गौशालाको सम्पत्ति मासिने क्रम सुरु  भएको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.