महोत्तरीको सोनामाईमा 'भूतमेला', हेर्नेको घुँइचो

महोत्तरीको सोनामाईमा 'भूतमेला',  हेर्नेको घुँइचो
तस्बिर : अन्नपूर्ण

औरही (महोत्तरी) : महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा भूतमेला लागेको छ । जहाँ दशैंको षष्ठीतिथिदेखि दशमीतिथिसम्म भूतप्रेतआत्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् । यस भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को अहिले मन्दिर परिसरमा लागेको  छ । 

जहाँ श्रद्धालुको सुविधालाई ध्यानमा राखी आवास,खानपानको समेत व्यवस्था गरिएको मेला समितिले जनाएको छ । मन्दिर परिसरलाई दुल्हीझैँ श्रृंगारिएको छ भने मनोरन्जनको लागि नाच तमासाको समेत बन्दोबस्त गरिएको छ ।

हुन त जादुटुनामुना (तन्त्रसिद्धी) तथा भूत बोक्सीमा विश्वास गर्नेहरूले यस मन्दिरमा दशैंको पहिलो दिन घटस्थापनादेखि नै पूजापाठमा तत्लिन हुन्छन् । तान्त्रिक मान्यताअनुसार,घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा लिने गर्दछ । यसमा विश्वास गर्ने (कारनी) हरु वर्षेनि सोनामाई मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।

कारनी र तिनका आफन्तहरू सोनामाईको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछ । जहाँबाट निको भएर जाने गर्दछ । सोनामाईस्थानको  ८ वर्ग किमी सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने मन्दिरका पूजारी केदार झाको दाबी छ । उक्त मेलामा बोक्सी भूतप्रेत नियन्त्रण मेलामा आफ्नो शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन् ।

सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ,जहाँ यो अदभूत मेला लाग्ने गर्छ । सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ । मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गर्दछन् ।

यता, सोनामाई मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोका बलि प्रदान समेत गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.