‘फुरु’ को हुन छाड्यो उत्पादन

‘फुरु’ को हुन छाड्यो उत्पादन

बझाङ : बझाङका आदिबासीहरूको खास उत्पादन मध्ये एक हो फुरु। हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रूखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ। फुरुलाई तिब्बतमा ‘उडन कप’ अथवा काठको कप भनिन्छ। नेपालका जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु बझाङका तामाङ जातिको पुख्र्यौली पेशा हो। तर, पेशा अहिले संकटमा पर्न थालेको ताक्लाकोटमा व्यवसाय गर्दै आएका जगत तामाङले बताए।

बझाङको साइपाल गाउँपालिकाका लामा र तामाङले उत्पादन गरेका फुरु यो सिजनमा चीनको स्वशासित क्षेत्र ताक्लाकोट पुग्थे। त्यहाँका बासिन्दालाई पसल तथा होटलको सरसामान जोड्ने चटारो हुन्थ्यो। चैतमै होटलका लागि चाहिने दाल, चामल मरमसला खरिद गर्न नेपालगन्ज झर्थे। यो सिजनमा उनीहरू राडीपाखी, चाँदी, तामा, पित्तलबाट निर्मित सिक्का र अन्य कला, होजियारी, नेपाली गलैंचा, बाँस, निगालो, छाला, लुक्पु, खोचेर, लुकोट, फुरु, गलैंचा, जडीबुटी र अन्य हस्तकलाका सामान बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो। तर सदियौं देखि चल्दै आएको उनीहरूको व्यापार यात्रामा सन् २०१९ डिसेम्बरदेखि विराम लाग्यो। कारण थियो, कोरोना महामारी।

०७६ मंसिरमा नेपाल आएका उनीहरू कोरोना संक्रमणको जोखिमका कारण चीनले नाका बन्द गरेपछि फर्किन पाएका छैनन्। उनीहरूले, बनाएका हस्तकलाका सामानको राम्रो बजार भनेको चीनको तिब्बत हो। कोरोना महामारी फैलिएपछि, व्यवसाय नै चौपट भएको तिब्बतको ताक्लाकोटमा व्यवसाय गर्दै आएका जगत तामाङले बताए। उनी ताक्लाकोटमा बसेर नेपाली हस्ताकलाका सामान विक्री गरि वार्षीक १० लाख बढी कमाउँथे। 

साइपाल गाउँपालिकाको ४ को लाफडी र वडा नम्बर ३ को कायामा बसिरहेका लामा तथा तामाङहरूको पनि कोरोनाका कारण दैनिकी नै परिवर्तन भएको छ। स्थानीय साङ्गे लामा भन्छन्, ‘पहिले हस्तकलाका सामान र भेडा पालनले जीवन निर्वाह हुन्थ्यो। अचेल जडीबुटी संलकन र बिक्री गर्ने काम गरिन्छ।’

साइपालका अर्जुन लामा पनि आदीबासीहरूका हरेक व्यवसाय संकट पर्न थालेको बताउँछन्। उनी भन्छन, ‘हाम्रो दिन कहिल्यै नआउने भए, जे गर्न थाल्यो त्यहाँ व्यवसाय दिगो हुँदैन। पहिले ऊनका सामान बेच्न जान्थ्यौं, त्यो पनि रहेन। काठका हस्तकलाका सामान पनि चीनले नाका बन्द गरेपछि ठप्प भए। अहिले यार्सापछि लागेका थियौं। यसको पनि भर भरोसा छैन। ज्यानको बाजी राखेर संकलन गर्छौं। मूल्य पाइदैन। बिचौलियाले डुबाइरहेका छन्।’

आफूहरू एक पेशामा अडिग हुन नसकेको बझाङका आदीबासीहरू बताउँछन्। पेशाहरू जति परिवर्तन भए पनि थोरै समयका लागि मात्रै हुने गरेका साइपालका साङ्गे लामाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.