संकटमा राजीको माछा मार्ने पेसा

संकटमा राजीको माछा मार्ने पेसा

सुर्खेत : राजी जातिको मुख्य बसोबास सुर्खेतमा छ। भेरी नदीको किनारमा बसोबास गर्ने यो जातिको मुख्य सीप नदीमा माछा मार्ने र डुंगा चलाउने हो। नदीमा डुंगा चलाएर मानिसहरूलाई वारपार गराउन राजीहरू सिपालु र दक्ष मानिन्छन्। साथै जाल बुन्ने र नदीमा माछा मार्ने राजीहरूको मुख्य पेशामा पर्छ। तर, पछिल्ला दिनमा उनीहरूको यो पेशा हराउँदै जान थालेको छ।

राजीहरू आफूलाई फान जाति भनेर भन्छन्। उनीहरू नदीको छेउछाउका बगरमा बसोबास गर्छन्। जुनसुकै जिल्लामा बसोबास गरेका राजी जातिले आफ्नो पुख्र्याैली पेसालाई विस्तारै छोडेर खेतीमा जोडिन थालेका छन्। हिजोआज अन्य जातिका मानिसहरू पनि नदी छेउछाउमा बस्ती बस्न थालेको, उनीहरूले पनि माछा मार्न र डुंगा चलाउन थालेपछि राजीहरूको पेशा संकटमा पर्न थालेको हो।

‘पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न अब सम्भव भएन’ राजी साल्म समाज सुर्खेतका अध्यक्ष अशोक राजी भन्छन्, ‘नदीमा पुल बनेपछि डुंगा चलाउने काम बन्द भयो, नदी किनारमा बस्ने अन्य जातीले पनि माछा मार्न थालेपछि राजीहरू विस्थापित हुन थाले।’ राजीहरू नदीमा सुन चाल्ने काम पनि गर्थे। 

तर, हिजोआज उक्त पेसाबाट आम्दानी हुन छाडेको छ। परम्परागत सीप र पेसाले जीविकोपार्जन गर्न समस्या भएपछि हिजोआज राजीहरू आधुनिक पेशातर्फ आकर्षित हुन थालेका छन्। राजीहरूको परम्परागत सीपको संरक्षणमा स्थानीय सरकारले बजेट बिनियोजन गर्नुपर्ने, उनीहरूलाई उत्प्रेरित गर्नुपर्ने र उक्त सीपलाई आधुनिकतासँग जोड्नेपर्ने राजी समुदायका अगुवाहरू बताउँछन्।

चौंरी पाल्ने डोल्पो जाति

डोल्पो जातिको बसोबास हिमाली जिल्ला डोल्पामा छ। डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा बसोबास गर्ने यो जातिको मुख्य पेसा चौंरीपालन हो। चौंरीपालन मुख्य भए पनि यो जातिले अन्य पशुपालन पनि गर्दै आएको छ। दुर्गम भएकाले हिमाली बस्तीमा यातायातको पहुँच सहज छैन। जसले गर्दा यो जातिले चौंरीमार्फत् दैनिक उपभोग्य सामग्री र निर्माणका सामान ढुवानी गर्दै आएको थियो। तर, पछिल्ला दिनमा यो जातिको पेसा पनि लोप हुने अवस्थामा पुगेको छ। चरन क्षेत्रको अभाव, कृषिमा नयाँ पुस्ताको रुची नहुनु र सामान ढुवानीमा अन्य साधनको पहुँच बढेपछि डोल्पो जातिको चौंरी पाल्ने पेशा संकटमा छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.