स्वास्थ्य मापदण्डमा लापरवाही : धरानका जनप्रतिनिधि नै पालना गर्दैनन् सरकारको निर्देशन

स्वास्थ्य मापदण्डमा लापरवाही : धरानका जनप्रतिनिधि नै पालना गर्दैनन् सरकारको निर्देशन

धरान : धरान उपमहानगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या वृद्धि भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपनि यसको रोकथाममा भने कसैले चासो देखाएको पाइदैन।

कोरोना नियन्त्रणको जिम्मेवारी लिएका स्थानीय निकायका जनप्रतिनिधिहरु समेत जिम्मेवार नबन्दा धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। 

सुनसरीमा २ सय १७ जनामा कोरोना संक्रमण देखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार एकसय ८ जना संक्रमित निको भइसकेका छन् । धरान उपमहानगरपालिकामा ७६ जना संक्रमित भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । उपमहानगरपालिकामा हाल  ३२ जना संक्रमित छन् । 

धरानमा स्थानीय जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ ।

बुधबार उपमहानगरको कार्यपालिका बैठकमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाल र २० वटै वडाका वडाध्यक्षहरुले स्वास्थ्य मापदण्ड पालना कुनै ध्यान नदिएको पाइएको हो।

कार्यपालिका बैठकमा धरान १३ का वडाअध्यक्ष नेत्र काफ्ले, वडा नम्बर ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई र १८ का वडाअध्यक्ष प्रविण राईले मात्र माक्स लगाएका थिए। तर उनीहरुले मुख नछोपी चिउडोमा माक्स लगाएका थिए । कार्यपालिकाको बैठकको अध्यक्षता गरिरहेका मेयर राईले तीनचोटी हाछ्युँ गर्दा शीरको टोपी झकेर मुख छोपेका थिए । 

जनप्रतिनिधिहरुले माक्स मात्र हैन स्वास्थ्य मापदण्ड विपरित चिया र खाजा खाएका थिए । कार्यपालिकाको बैठकमा समाचार संकलन गर्न पुगेका अधिकांश पत्रकारहरु पनि माक्स लगाएका थिएनन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले कोरोना नियन्त्रणमा सबैले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए।

कोरोनाबाट सुनसरीको रामधुनी नगरपालिकाकी ५७ वर्षीया महिलाको निधन भएको छ । सुनसरीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वृद्धि भएपनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा चरम लापरवाही गरेका छन् । 

नेपाल सरकाले निर्देशन गरेको स्वास्थय मापदण्ड विपरित बजार, कलेज, विद्यालय र कार्यलयमा समेत अनावश्यक भीडभाड गर्ने, माक्स नलगाउने र सामाजिक दूरी कायम नगरेको पाइको छ । 

माक्स अनिवार्यरुपमा नलगाई निस्कन थालेपछि धरानमा कोरोनाको जोखिम बढेको स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।

कोरोना नियन्त्रणमा सरकार मात्र नभएर सबै नागरिक जिम्मेवार भइदिए कोरोना नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ । 

स्थानीय प्रशासन र प्रहरीले बजार अनुगमन र स्वास्थ्य मापदण्ड पालनामा कडाइ नगरेका कारण सुनसरीमा कोराना जोखिम बढेको स्थानीयको भनाइ छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले सुनसरीमा कोरोना नियन्त्रणमा सबैले  स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । 

उनले जिल्लाका १२ वटै स्थानीय तह र मातहतका प्रहरी कार्यालय र सरोकारवाला सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको बताए । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालले कार्यपालिकाको बैठकमा स्वास्थ्य  मापदण्ड पालना नगरिएको स्वीकार गर्दै आइन्दा सचेत हुने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.