गौरीगञ्‍ज नाकाबाट कपाल तस्करी : ३३ पोकासहित कन्टेनर नियन्त्रणमा

गौरीगञ्‍ज नाकाबाट कपाल तस्करी : ३३ पोकासहित कन्टेनर नियन्त्रणमा

झापा  : झापाको गौरीगञ्ज नाकाबाट कपाल तस्करी भइरहेको छ । 

महिलाले लगाउने नक्कली कपाल नाकाबाट ठूलो परिमाणमा नेपाल भित्रिने गरेको खुलेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

 सशस्त्रले झापामै पहिलो पटक कपाल बरामद गरेको हो । सशस्त्र प्रहरीले बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडक खण्डअन्तरगत गौरादह– ७ स्थित गुवालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शंका लागि चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा प्रवक्ता प्रेम भण्डारीले जानकारी दिए । 

नीलकण्ठ ढुवानी सेवाबाट सञ्चालित कन्टेनर गौरीगञ्जबाट दमक हुँदै काठमाडौँ तर्फ जान लागेको थियो । तर, सोही कन्टेनर बिर्तामोडबाट ट्रान्सपोटको अन्य सरसामान बोकेर काठमाडौँको लागि हिँडेको बुझिएको छ । 
बिर्तामोडबाट हिँडेको कन्टेनर गौरीगञ्ज पुगेर अवैध कपाल पनि लोड गरी लैजान खोजेको अवस्थामा सशस्त्रले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । 

एउटा पोकामा ३० केजी कपाल रहेको छ। एक केजी कपालको भारतीय २ हजार ५ सय रुपैयाँ पर्छ । 

कन्टेनरमा ट्रान्सपोटको अन्य सरसामानको बिजlबिजग थियो । काठको सामान, कपि किताब र कपडा गरी २९ लाख ८८ हजार ३०२ रुपैयाँ बराबरको सामानको बिजबिजक चालकसँग रहेको डीएसपी भण्डारीले बताए । नियन्त्रणमा लिएको कन्टेनरलाई बुधबार बेलुका सशस्त्र बेस क्याम्प बैगुनधुरामा राखिएको थियो । 

कन्टेनर, चालक र कन्टेनरभित्र रहेका अन्य सरसामानलाई ९४ लाख ४८ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउन पठाइसकेको डीएसपी भण्डारीले बताए ।  


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.