आन्दोलन चर्काउँदै बर्दिवासका शिक्षक, पुनरबहालीको माग गर्दै नगरपालिका घेराउ

आन्दोलन चर्काउँदै बर्दिवासका शिक्षक, पुनरबहालीको माग गर्दै नगरपालिका घेराउ

 ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिवास नगरपालिकाले करारका नगर शिक्षक हटाएपछि आन्दोलनमा होमिएका शिक्षकहरुले नगरपालिका कार्यालय घेराउ गरेका छन् । 

करार नविकरण गरी पुनरबहालीको माग गर्दै आइतबारदेखि आन्दोलनरत शिक्षकहरुले बिहीबार पाँचौं दिन नगरपालिकाको कामकाज ठप्प पारेका हुन् । 

नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रवेशमा रोक लगाइएको पीडित शिक्षक भिखारी दासले बताए । अहिले इलाका प्रहरी कार्यालय बर्दिवासबाट नगरपालिकामा सुरक्षाकर्मीको टोली पुगेको छ । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बर्दिवास नगर शिक्षक संघर्ष समितिका अध्यक्ष बलराम महतोको भनाइ छ ।

यता नगरपालिकाले भने उनीहरुको मागलाई वेवास्ता गर्दै नयाँ शिक्षक भर्नाका लगि सूचना आह्वान गरिसकेको छ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा आउन आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

बर्दिबासलाई शैक्षिक हव बनाउने अभियानमा विद्यालयहरुमा शिक्षकको कमी भएपछि पूर्वमेयर कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धा मार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । तर, हाल निर्वाचित मेयर प्रह्लाद कुमार क्षेत्रीले करार शिक्षकहरुको म्याद झुक्कयाएर थप नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरुलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई परिपत्र गरेपछि शिक्षकहरु मेयर क्षेत्रीप्रति क्रुद्ध बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.