महिनामै भत्कियो पर्खाल

महिनामै भत्कियो पर्खाल

रामेछाप : रामेछाप नगरपालिका—३ स्थित चण्डीडाँडा, बाँकीमैरी, थाक्लेडाँडा, साँघुटार सडकखण्डमा निर्माण गरिएका संरचना बनाइनसक्दै भत्किएको छ। ठेकेदारको लापरवाहीका कारण सडकको नाला, सडक सुरक्षाको लागि लगाइएको मेसिनरी पर्खाल निर्माण भएको एक महिना पनि नबित्दै भत्किसकेको छ।

नाला ठाउँठाउँमा भत्किनुका साथै कतिपय ठाउँमा पानीको भेलले समेत बगाएको छ। ढलानका लागि गरिएको सोलिङमा मान्छेले टेक्दा भाँच्चिने ढुंगा प्रयोग गरिएको स्थानीय धनहरी सुवेदीले बताए। सडक चौडा नगरिकनै नाला र मेसिनरी पर्खाल लगाइएको स्थानीय हरिबहादुर प्रधानले बताए।

बिग्रिएको कामलाई पुनर्निर्माण गर्ने निर्माण व्यवसायीले बताएका छन्। अब निर्माण हुने काम इस्टिमेटअनुसार नै हुने निर्माण व्यवसायी केशव बोहोराले जानकारी दिए। प्रदेशको ७५ लाख र नगरपालिकाको ७५ लाख गरेर टेन्डर आह्वान गरिएकामा नौलो सफल बिहानी निर्माण सेवाले ७२ लाख १७ हजार २ सय रुपैयाँमा ठेक्का पारेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.