दोहोरो  नागरिकताको सिफारिस दिने वडा सचिव प्रहरी नियन्त्रणमा

दोहोरो  नागरिकताको सिफारिस दिने वडा सचिव प्रहरी नियन्त्रणमा

रामेछाप : जिल्लाको उमाकुण्ड गाउँपालिकाका एक वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नागरिकता लिइसकेकी किशोरीलाई पुन: नागरिकता लिन वडाबाट दोहोरो सिफारिस गर्ने उमाकुण्डा गाउँपालिका- ४ प्रितीका वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले वडा सचिव पदम कुमारी बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ले  जानकारी दिए । डीएसपी थिङका अनुसार  नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

जिल्लाको उमाकुण्ड गाउँपालिका- ४ प्रितीकी एकजना किशोरीले २०७५ सालमै नागरिकता बनाइसकेकी थिइन् । तर, उनी पुन: नागरिकता बनाउन सिफारिस लिएर जिल्ला प्रसासन कार्यालय रामेछाप आएकी थिइन् । 

बहिनीको स्कुलको प्रमाणपत्रको आधारमा सिफारिस बनाएर उनी जिल्ला प्रशासन आइपुगेकी थिइन् ।

प्रशासन कार्यालय पुगेकी निर्माला बस्नेतमाथि प्रशासनका कार्मचारीले शंका लागेर उनीमाथि थप सोधपुछ गरेका थिए।  सोधपुछका क्रममा किशोरीको डकुमेन्ट प्वाल परेको र नाम भएको ठाउँमा केरमेट गरेको भेटिएको थियो ।

वडा सचीव पदमकुमारी बस्नेतलाई बिहीबार नै जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.