सप्तकोसी पीडित आन्दोलनमा

सप्तकोसी पीडित आन्दोलनमा

उदयपुर : समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै सप्तकोसी पीडित आन्दोलित भएका छन्। 

बिहीबार स्थानीय महेश श्रेष्ठको अध्यक्षतामा कोसी भंगालो रोकथाम तथा नियन्त्रण समिति बनाउँदै उनीहरूले आन्दोलन सुरु गरेका हुन्। बाँध लगाउनुको साटो रुख लडाएर, सेउलाले कोसी छेक्न खोजेको र प्रभावितको सुरक्षित बाँसका लागि सरकार गम्भीर नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। 

पहिलो चरणमा नगरपालिका घेर्न पुगेका उनीहरूले कोसीको दीर्घकालीन समाधान नगरे आफूहरू मर्नसमेत तयार हुने बताएका छन्। आन्दोलनकारी एक महिलाले भनिन्, 'हामीलाई न्यानो थाङ्नामा सुताउने प्रयास गरियो, अर्को पटक प्रभावित क्षेत्र जाँदा हामी देखाइदिन्छौं।' 

कोसी थुनिदिए मात्र पुग्नेमा सरकारले मुखले ठिक्क पार्ने व्यवहारमा नउतार्ने गरेको उनले बताइन्। नगरपालिका घेराउपछि रामपुर बजारमा कोणसभा गरिएको थियो। उनीहरूको आन्दोलनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले समर्थन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.