फोनिज स्थापना दिवसमा रामेछापका दुई पत्रकार पुरस्कृत

फोनिज स्थापना दिवसमा रामेछापका दुई पत्रकार पुरस्कृत

रामेछाप : आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा रामेछापमा दुई पत्रकार पुरस्कृत भएका छन्। महासंघले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार नवराज श्रेष्ठ र खोज पत्रकारिता पुरस्कार पत्रकार टिकाप्रसाद भट्टलाई प्रदान गरेको हो। 

फोनिज रामेछापका संस्थापक अध्यक्ष सुमित श्रेष्ठले पुरस्कार सुरुवात गरेका थिए। महासंघले विगत चार वर्षअघिदेखि पुरस्कार प्रदान गर्दै आएको छ। आदिवासी जनजातिको क्षेत्रमा कलम चलाएको र जनजातिका मुद्दालाई उजागर गरेकाले  खोज पत्रकारिता पुरस्कार पत्रकार भट्टलाई प्रदान गरिएको फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। 

महासंघले शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यक्रममा फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्। श्रेष्ठलाई नगद १० हजार र भट्टलाई नगद ५ हजारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.