दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर खुल्यो

दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर खुल्यो

कालिकोट :  पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर सोमबारदेखि खुलेको छ । 

कर्णाली करिडोरको कालिकोट खण्डमा पर्ने लालिघाट भीरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको जानकारी दिए । उनका अनुसार वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । 

प्रहरी प्रशासन र सडक डिभिजनको समन्वयमा पहिरो पन्छाएर राजमार्ग खुलाइदै आएको छ।

कर्णाली करिडोरको लालिघाट, रेगिल, कोट, भुराबगरलगायतका ठाउँमा बर्सेनि पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदै आएको छ । 

कर्णाली करिडोरको आयोजना कार्यालय हुम्लामा हुँदा समन्वय गर्न समस्या भएको र कालिकोट, बाजुरा खण्डमा सडक अवरुद्ध हुँदा स्थानीय तह र प्रहरी प्रशासनले राजमार्ग खुलाउने काम गर्दै आएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.