वृक्षारोपण गर्दै बोलबम साइकल यात्रा

वृक्षारोपण गर्दै बोलबम साइकल यात्रा

उदयपुर : धार्मिक तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि सोमबार बोलबम साइकल यात्रा सञ्चालन गरिएको छ।

    
साइकल यात्रा जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रमा पुगि अन्तिम सोमबार त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा शान्तिधाम परिसरमा वृक्षारोपण गरी सम्पन्न भएको हो। सदरमुकाम गाईघाटबाट यात्रा सुरु गरिएको थियो। 

त्रियुगा उद्योग वाणिज्य संघ र जिल्ला साइकिलिङ संघले कार्यक्रम आयोजना गरेका हुन्। साउनको अन्तिम सोमबार त्रिनपा-१३ असारीस्थित सिद्धेश्वर मन्दिरको दर्शनपश्चात शान्तिधाममा विभिन्न प्रजातिका विरुवा रोपिएको वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले जानकारी दिए। 

उनका अनुसार शान्तिधाम परिषरमा सतिसाल, विजयी साल, अम्बक, सिमल, अमलालगायतका प्रजातिका एक सय बिरुवा रोपिएको छ।

रोपिएका विरुवा संरक्षणका लागि बारबेरा र नियमित पानी लगाउने व्यवस्था गरिएको उनले बताए। पहेलो कपडासहित ४० जनाको संख्यामा निस्किएको साइकल यात्रीले खासगरी बढ्दो प्रदूषण नियन्त्रण, स्वस्थकर जीवन र आन्तरिक पर्यटनलाई लक्षित गरिएको साइकिलिङ संघका अध्यक्ष जितु रोइलाले बताए।


 
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.