सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी भेषकुमारीलाई सहयोग जुट्दै

सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी भेषकुमारीलाई सहयोग जुट्दै

उदयपुर : सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी उदयपुरको रौतामाई गाउँपालिका- ४ की भेषकुमारी राउतलाई आर्थिक तथा खाद्यान्न सहयोग जुटिरहेको छ। 

अन्नपूर्ण पोष्ट अनलाइनमा साउन २७ गते 'सुत्केरी भएको ११ दिनमा श्रीमान् गुमाएकी राउतलाई आर्थिक सहयोग' शीर्षकमा समाचार प्रकाशन भएपछि भेषकुमारीलाई सहयोग जुटेको हो।

राउतलाई काठमाडौं निवासी राजिव भट्टराईले नगद २५ हजार सहयोग गरेका हुन्। उक्त रकम १ नम्बर प्रदेशसभाका सदस्य अम्बिका थापा र गैसस महासंघका जिल्ला अध्यक्ष सिर्जना पौडेलले हस्तान्तरण गरेका थिए। 

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले चार बोरा चामल, नुन, तेल, दाल, मसला, बिस्कुटलगायतका प्याकेजका सामग्री उपलब्ध गराएको छ। 

संघका अध्यक्ष रमेश रसाइली, उपाध्यक्ष पर्शुराम चौधरी, महासचिव दिनेश श्रेष्ठ, सचिव रुपम अनुराग गुप्तालगायतका संघका सदस्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। 

आर्थिक अवस्था कमजोर रहेकाले सामग्री घरमा नै पुर्‍याइदिएको अध्यक्ष रसाइलीले बताए। उनले संघले उपलब्ध गराएको खाद्यान्नले कम्तिमा तीन महिना खान पुग्ने बताए। 

यसअघि हाल जापानमा रहेका मेघराज थापाले ३० हजार, वल्डभिजन र हुरेण्डले पोषणयुक्त खाद्य सामग्री सहयोग गरेका थिए। 
    
सांसद थापाले सुत्केरी स्याहारसुसार, पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि आफ्नो क्षेत्रबाट समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। 
    
उनले भनिन्, 'सुत्केरीको अवस्था हेर्दा आफूलाई मन छोयो। गरिब, त्यसमा पनि कमाउने श्रीमानको मृत्युले जुम्ल्याहा बच्चा हुर्काउन गाह्रो रहेछ। सकेको सहयोग गर्छु। 

गैसस महासंघका अध्यक्ष पौडेलले गैसससँग आवश्यक समन्वय गरी सहयोग गर्ने बताइन्। दुई बच्चालाई पोषिलो खानेकुरा खुवाउने समस्या परेपछि संघसंस्थासँग सहयोग मागेको भेषकुमारीले बताइन्। राउतका दुई जुम्ल्याहासहित तीन छोरा, एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.