बैतडीमा विद्यार्थीसहित पाँच जनामा कोरोना संक्रमण

बैतडीमा विद्यार्थीसहित पाँच जनामा कोरोना संक्रमण

बैतडी : बैतडीमा विद्यार्थीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाटन नगरपालिका-९ मा रहेको सिद्धेस्वर माविमा अध्यानरत १३ वर्षीय विद्यार्थीसहित जिल्लामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

ती विद्यार्थी आइतबार मात्रै घरबाट आएको र अन्य विद्यार्थीको सम्पर्कमा नआएको हुनाले विद्यालयमा पठनपाठनमा समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए।

दशरथचन्द नगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समुदायस्तरमा कोरोना संक्रमण दर बढीरहेकाले सजगता अपनाउन सिद्धेूस्वर स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट विनोद अवस्थीले आग्रह गरे। 

पछिल्लो समय कोरोनाको ख्यालै नगरी स्वास्थ्यका समान्य मापदण्ड पनि कार्यान्वयन हुन छाडेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

जिल्लामा सक्रिय संक्रमितको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी विपिन लेखकले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.