कृष्णभक्तका तीन गीत

कृष्णभक्तका तीन गीत

हङकङ : हङकङलाई कर्मथलो बनाएका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले आफ्नै रचना र संगीतमा एकसाथ तीनवटा गीत सार्वजनिक गरेका छन् । गीतको सुन्ने भन्दा हेर्ने ट्रेन्ड रहेको भन्दै चर्चित कलाकारहरूका साथमा तीनवटै गीतको भिडियोसमेत सार्वजनिक गरेका छन्। 

‘हाम्रो जोडी’बोलको गीतमा अञ्जु पन्त र महेश शिल्पकारको स्वर सुन्न सकिन्छ भने भिडियोमा सुनील क्षेत्री र गीता ढुंगानाले रोमान्स गरेका छन्। बालकुमार मगरको निर्देशन, सुनील मगरको कोरियोग्राफीमा तयार भिडियोलाई अनिल मगरले खिचेका हुन्।  हरिशरण सायमीको एरेन्जमा तयार नेवारी गीत ‘छंगु नुग जित’मा महेश शिल्पकारले आवाज दिएका छन्।

भिडियोमा कलाकारहरू सुदित श्रेष्ठ, तिम्ला महर्जन, निदेश राजोपाध्याय, नवीन ब्यञ्जनकारको अभिनय छ। रोविन श्रेष्ठले खिचेको भिडियोलाई सुदित श्रेष्ठले निर्देशन गरेका छन्।  कृष्णभक्तकै रचना र संगीतमा सार्वजनिक अर्को गीतमा उनको आफ्नै छोरी सोनम महर्जन र महेश शिल्पकारको आवाज छ। बालकुमार मगर निर्देशित भिडियोमा सुहाना थापा र सुनील क्षेत्रीको अभिनय छ। भिडियोलाई गोपाल मगर र अनिल मगरले खिचेका छन् भने बालकुमार स्वंयले सम्पादन गरेका छन्।  

गीत, संगीतमा निरन्तरको साधना, लगाव र दृढ संकल्पकै कारण गीत रेकर्ड गर्नुका साथै भिडियोमा लाखौं खर्च गरेको कृष्णभक्त बताउँछन्।  दर्जनौं गीतमा आवाज दिएका गायक कृष्णभक्तका तीन दर्जन रचना र संगीतका गीतहरू सार्वजनिक भइसकेका छन्। सांगीतिक पारिवारिक पृष्ठभूमि रहेको कृष्णको परिवारमा श्रीमती, छोरी, छोरा सबै जना संगीत कर्ममै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.