बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा बसको ठक्करबाट साइकलमा रहेका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका-२ बस्ने लल्कु दासका १३ वर्षीय विशाल दास रहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले जनकपुर-ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-२ नक्टाझिजस्थित मिथिला चोकमा साइकलमा रहेका बालक ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.