निर्माण सुरु भएको ३७ वर्षसम्म परीक्षण उडानमै सीमित

निर्माण सुरु भएको ३७ वर्षसम्म परीक्षण उडानमै सीमित

कालिकोट : २०४२ सालबाट निर्माण कार्य थालिएको सुनथराली विमानस्थलमा २०७३ माघ २९ गते परीक्षण उडान भयो। निर्माण सुरु भएको ३३ वर्षपछि तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो। 

पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, विमानस्थल निर्माण आयोजना र निर्माण व्यवसायीको लापरबाहीका कारण उडानमै सीमित भएको हो। परीक्षण उडान हुँदा नरहरीनाथ मात्र नभई जिल्लाभरका नागरिकले खुसीयाली मनाएका थिए। विमानस्थलमा विमान अवतरण हुँदा हजारौँ मानिसहरूको मानव सागर नै उर्लिएको थियो। 

परीक्षण उडान भएको वर्षदिनमा नियमित उडान गर्ने भनिएको थियो। तर ६ वर्ष बितिसक्दा पनि नियमित उडान भएको छैन। 
 

हाल उक्त विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेरबार र भवनसमेत निर्माण भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ। आयोजनाका सुपरभाइजर गणेश बिष्टले भने, 'विमानस्थलमा कालोपत्रे गर्न बाँकी छ। वर्षायाम लागेसँगै लगातार पानी पर्दा काममा अवरोध भएको छ। झण्डै एक महिनादेखि काम रोकिएको छ। घाम लाग्न थालेपछि नियमित काम भएमादुई महिनामा कालोपत्रेको काम सकिन्छ।' 

एक हप्ता थप मार्किङ गरेपछि नियमित उडानका लागि सबै तयारी पूरा हुन्छ। २०७५ साल साउनमा विमानस्थल कालोपत्रे गर्नका लागि ठेक्का भएको थयो। स्याम एण्ड संकर जेभीले ठेक्का लिएको छ। यातायात सेवा नहुँदा काम सुरु हुन ढिलो भएको थियो। गाउँपालिकाले लालिघाटदेखि गाउँपालिका जोड्ने सडकको ट्याक खोलेपछि मात्र काम थालियो। निर्माण कम्पनीसँग २०७७ सालको असार मसान्तसम्म कालोपत्रे गर्नुपर्ने सम्झौता थियो।
  
विमानस्थल निर्माणकै क्रममा धेरै मजदुरहरूले ज्यान गुमाएका छन्। माओवादी द्वन्द्व भईरहेका बेला २०५८ सालमा धादिङ जोगीमाराका १७ जनासहित ३५ जना मजदुरको मृत्यु भएको थियो। १८ जना कोटबाडाकै स्थानीय थिए। उनीहरूलाई त्यसै विमानस्थलमा गाडियो। त्यहीं चिहानमाथि अहिले विमानस्थल निर्माण भइरहेको छ। 

हत्याकाण्डमा छोरा गुमाएकी स्थानीय विर्खा बुढाले भनिन्, 'छोराको रगत बगेको विमानस्थलमा जहाज उडेको देखेर मर्ने मन छ। सुनथरालीमा परीक्षण उडान भएको ६ वर्ष बित्दा पनि विमानस्थल निर्माण कार्य पुरा नहुनु र नियमित उडान नहुनुले आफूहरूलाई पिरोलिरहेको छ।'
 
स्थानीय बिर्खबहादुर बिष्टले सुनथाली विमानस्थलबाट जहाज चड्ने सपना अधुरै रहेको बताए। उनले भने, 'हामी युवा अवस्थाका थियौँ। यहाँ विमानस्थल निर्माणको काम सुरु भएको थियो। म बुढो भइसके यहाँ जहाज आउदैन। विमानस्थलमा परीक्षण उडान भनेर एक पटक मात्र चिलगाडी आएको थियो। तर फेरी फर्किएन्।' 

नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए। 

उनले भने, 'नियमित उडान गर्न र छिटो छरितो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट दबाब दिँदै आएका छौँ। विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा मात्र बन्यो। तर विमानस्थल समयमा बनेन।'  



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.